२०८१, ११ बैशाख मंगलवार

सूर्यगढीमा निषेधाज्ञा

डबली खबर     श्रावण ११ २०७७ २०:४३

suryagadhi locked 2 3
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि आज रातीदेखि निषेधाज्ञा जारी गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोभिड-१९ संक्रमण परीक्षण नतिजा अनुसार आज सुर्यगढ़ी गाउँपालिका-२ स्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिमा संक्रमण देखिए थियो।

जिल्ला प्रसाशन कार्यालयका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोज पड्ताल अनुसार गाउँपालिकाका वडा नम्बर २, ३ का पहरेथोक तथा बागेश्वरी माध्यमिक विद्यालय आसपासपका पुर्वमा बोहोरे भन्ज्याङ दक्षिणमा पोखरीडाँडा, वडा नम्बर २ को कार्यालय, होलेटोल, पश्चिममा नयाँ चौतारा र उत्तरमा बागेश्वरी भन्ज्याङमा निषेधाज्ञा जारी गरिएको छ।

संक्रमण रोग एन २०२० को दफा २ बमोजिम आज राती १२ बजेदेखि अर्को आदेश नभएसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य कार्य गर्न निषेध गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top