+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनाथ बालबालिकासँग पलक शाहले मनाईन् जन्मदिन

अनाथ बालबालिकासँग पलक शाहले मनाईन् जन्मदिन
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विदुर नगरपालिका-२ बट्टारका १३ वर्षीया पलक शाहले आफ्नो जन्मोत्सव अनाथ बालबालिकाहरुसँग केक काटी मनाएकी छिन् ।

विदुर नगरपालिका वडा नम्बर २ तारिखेत शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबास मा रहेका बालबालिकाहरुसँग पलकले आफ्नो १३ वर्षको जन्मदिन मनाएकी छिन्। सामाजिक कार्यको लागि आफुले दैनिक रुपमा खुत्रुकेमा जोहो गरि राखेको रकमले आज आफ्नो जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गरिन् ।

पलकका बुबा प्रमोद शाहले छात्रावासमा रहेका १२ जना बालबालिकाहरुको लागि टिसर्ट र जिन्स पाईन्टहरु छोरीले जोहो गरी राखेकी पैसाबाट प्रदान गरेको र सबैलाई बिहानको नास्ता समेत सबैलाई खुवाईएको बताए । छोरीको सामाजिक कार्यप्रतिको झुकाव अनुसार नै जन्मदिनमा लताकपडा प्रदान गरिएको शाहले बताए।

धेरैपछि नयाँ लुगा लगाउन पाउँदा ‘राम्रो’ लागेको छात्रावासका ५ वर्षीय दिपक श्रेष्ठले बताए। उत्सवमा छात्रावासका बालबालिकाहरुले पलकलाई गीत गाएर शुभकामना दिएका थिए।

पलक गणेश भ्यू वाटिकामा कक्षा ७ मा अध्ययनरत छात्रा हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ