World Tuberculosis Day 2025
sujim advert

अपराध नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग हुने

डबली खबर     साउन ७, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

police head abi narayan kafle presents to fisal year anual planning of district police office nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर, नुवाकोट – चालुआर्थिक वर्षमा नुवाकोट प्रहरीले जिल्लामा घट्ने अपराधमा आधुनिक प्रविधिको प्रयोग माध्यमबाट अनुसन्धान गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजित वार्षिक प्रगति विवरण तथा भावी योजना कार्यक्रममा प्रहरी प्रमुख अवीनारायण काफ्लेले उक्त जानकारी दिएका हुन् ।

नुवाकोट प्रहरीले अपराधको रोकथामको लागि जिल्लाका बढी अपराध हुने स्थलहरुको पहिचान र त्यस्ता स्थानहरुमा प्रभावकारी रुपमा प्रहरी परिचालन गर्ने भएको छ । अपराध नियन्त्रणको लागि प्रभावकारी सूचना संकलन, पोलिग्राफ, सीडीआर, फोरेन्सिक साईन्स मध्यमको नयाँ प्रविधि प्रयोग गरिने प्रहरी प्रमुख काफ्लेले बताए ।

प्रहरीले चालु आवमा कार्यालय परिसरभित्र बाल निगरानी कक्षको निर्माणको लागि पाँच लाख रुपैंयाँ विनियोजन भइसकेको प्रहरी प्रमुख काफ्लेले बताए ।

नुवाकोट प्रहरीले चालु आवमा वन तथा वन्यजन्तु, सुन, मालवस्तु लगायतका अवैध चोरी तथा निकासी र अवैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसारपोसारका अपराधिक कार्यहरुलाई नियन्त्रण गर्न प्राथमिकताका साथ निरन्तरता दिने भएको छ ।

आत्महत्या, घरेलु तथा लैङ्गिक हिंसा जस्ता सामाजिक अपराधका विरुद्ध जनचेतनामुलक कार्यक्रम तथा कानुनी कारवाही गरी न्युनिकरण गरिने कार्यलाई निरन्तता दिने भएको छ ।

स्थानिय तहहरु, सरकारी तथा गैरसरकारी संघ/संस्था, सञ्चारकर्मी तथा जनसमुदायसँग सहकार्य गरी समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गतका जनचेतनामुलक कार्यक्रमलाई पनि प्राथमिकताका साथमा सञ्चालन गरिने भएको छ ।

लकडाउन समयावधी समाप्त भएता पनि पैदल तथा सवारी साधनका यात्रु, वित्तिय संस्था तथा सरकारी कार्यालय लगायत मानिसहरुको भिडभाड हुने स्थलमा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको पालनाको सम्बन्धमा चेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top