२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

वैकल्पिक डिप बोरिङ निर्माण योजनामा विदुर नगरपालिकाले दियो प्रष्टिकरण

डबली खबर     श्रावण ७ २०७७ १८:२१

bidur municipality press released deep boring water supply
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – विदुर नगरपालिकाले वडा नम्बर २ मा निर्माण भएको वैकल्पिक डिप बोरिङ निर्माण योजनाको विषयमा विदुर नगरपालिका, उपभोक्ता समिति र आम जनमानसको ध्यान आकृष्ट भएकोले उक्त विषयलाई प्रष्टिकरण दिएको छ।

विदुर नगरपालिकाले बुधबार प्रेस सम्मेलन मार्फत महालेखा परिक्षकको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदनलाई आधार मानी साउन २ गते शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई प्रष्टिकरण दिएको हो ।

महालेखा परिक्षकको उल्लेखित प्रतिवेदनमा कुनै किसिमको गलत मनशाय नभई सुझावको रुपमा पेश भएकाले सुझावहरु कार्यान्वयन गर्दे जाने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

विदुर नगरपालिकाका प्रसाशाकीय अधिकृत सुवेदकुमार पोखरेलले आ.व. २०७५/७६ मा नगरपालिकाको लागि सवारी साधन खरिद गर्ने भनि विनियोजन भएको रकम मध्येबाट नगरपालिकाको वडा नं. १, २, ४ र ६ का आमनागरिकहरुलाई विदुर खानेपानी आयोजना सम्पन्न नहुन्जेल खानेपानीको आपुर्तिमा असहजता उत्पन्न भएको परिवेशलाई निकारण गर्न वैकल्पिक खानेपानीको व्यवस्था गर्न वैकल्पिक डिप बोरिङ निर्माण उपभोक्ता समिति विदुरलाई करिब ५० लाखसम्मको डिप बोरिङ्ग मार्फत खानेपानी योजना सञ्चालन गरी नगरवासीलाई वितरण समेत गर्ने लक्ष्य राखी बजेट विनियोजन गरिएको बताए । उपभोक्ताले कार्य सञ्चालन गरी विविध सम्भावित ठाउँमा डिप बोरिङ्गको प्रयास गरी अन्तिममा खानेपानी वितरण कार्य सम्पन्न गर्न सफल भएको उनले बताए ।

प्रेस विज्ञप्ति

कान्तिपुरमा के छापियो?

“महालेखाको प्रतिवेदनअनुसार उपभोक्ता समितिहरू ठेक्काबाट उपठेक्का हुँदै व्यवसायीलाई काम दिने र फाइदा आफूले राख्ने नाफाखोर प्रवृत्तिमा लागेका छन् । नुवाकोटको विदुर नगरपालिकाले ५२ लाख ७६ हजारको लागत अनुमान गरी उपभोक्ता समितिबाट ४९ लाख ८० हजारमा काम गर्ने सम्झौता गर्‍यो । त्यही काम उपभोक्ता समितिले ११ लाख ९८ हजार रुपैयाँमा निर्माण व्यवसायीलाई दियो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पनि उस्तै प्रवृत्ति देखियो ।”

थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोला

साउन २ गते कान्तिपुरमा प्रकाशन भएको समाचार

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top