+
Search

ताजा अपडेट +

पपुलर +

भैरवी मन्दिरमा सुनको छाना, मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा (फोटोफिचर)

nuwakot bhairavi mandir 30 tola gold in roof
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विनाशकारी महाभूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामा पाताको छानामा एक किलो ३ सय ४९ ग्राम बराबर करिब एक करोड ५ लाख ८२ हजार ९ सय ९४ रुपैयाँको सुन जलप लगाउँने कार्य भइरहेको छ ।

निर्माणधिन मन्दिरको छानामा जलप लगाउनकाे लागि खरिद गरिएका एक किलो सुनलाई पुरातत्व विभाग, सेना, प्रहरी श्रीकाेधामि सहितकाे प्रतिनिधि र ठेकेदारसमेतका राेहवरमा पाता बनाईएकाे विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए। एक ताेला सुन बराबर ४ स्क्वायर तामाकाे पातामा जलप लगाईने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिए। उनका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो ।

शाके सम्वत्मा निर्माण गरिएको भैरवीदेवी मन्दिरको आधुनिक समयमा गरिएको पुनःनिर्माणमा परम्परागत मौलिकतालाई नै कायमै राखेर बनाउने सम्झौताअनुसार प्रेरा-तुलसी, गुल्लीभर वल्ड जेभी कम्पनीले निर्माण गरेको हो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुर्यााएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ