२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा बाँझो जग्गामा वृक्षारोपण गर्न नि:शुल्क ९५ हजार बिरुवा वितरण गरिदैं

सुनील श्रेष्ठ     असार १८ २०७७ १९:३४

sanjib acharya chief of forest office free distribute 95 thousands plant in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – सरकारले चालु आर्थिक वर्षलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरे अनुरुप नुवाकोटमा पनि नि:शुल्क ९५ हजार बिरुवाहरु वितरण गरिने कार्य बुधबारबाट सुरु भएको छ ।

उपभोक्तालाई फलफुल प्राप्त गर्न सजिलो होस र वातावरण पनि हराभरा बनाउने उदेश्यले बिरुवा वितरण शुरु गरिएको अभियान ‘बाँझो जग्गामा वृक्षारोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ देशभरमा पाँच करोड बिरुवा रोप्ने सरकारले लक्ष्य लिएको छ।

नुवाकोटमा पनि यस आर्थिक वर्षभित्रमा डिभिजन वन कार्यालय नुवाकोटसहित यस कार्यालय मातहतमा रहेका छ वटा सव डिभिजनहरु ककनी, शिवपुरी, खरानीटार, देउराली, रातमाटे र विदुरबाट उत्पादन भएको बिरुवाहरु निःशुल्क वितरण अभियान संचालन भइरहेको निमित्त डिभिजनल वन अधिकृत सञ्जिव आचार्यले बताए ।

वन डिभिजन कार्यालय नुवाकोटको कार्यालयमा बिरुवा लिन फाराम बुझाउदै किसानहरु । फोटो सुनील श्रेष्ठ

“वृक्षारोपण गर्न वितरण गरिने विरुवाहरुमा मसला, शिरिष, माकुरी, सल्ला लगायतका विरुवाहरु गरि ७५ हजार नि:शुल्क वितरण गरिने” – उनले बताए। “निम्न आय भएका र खाली जग्गा भएका स्थानहरुलाई पहिलो प्राथमिकताका आधारमा बिरुवा वितरण गरिने र आयआर्जन लिन सकिने लक्ष्य अनुरुप आँप, लिची, कटहर, अम्बा, कागती, सुन्तला लगायतका फलफुलका २० हजार बिरुवा गरि पहिलो चरणमा फलफुलका वितरण गरिने लक्ष्य राखेको छ”।

वन्यजन्तु वनस्पति र फलफुल गरेर ९५ हजार बिरुवाहरु यस आर्थिकवर्षमा वितरण गरिने लक्ष्य राखेको उनले बताए । यसै अनुरुप रेडियोमार्फत विज्ञापन गरिएको र सोहि अनुसार असार १५ गतेसम्म माग फारम भरेका इच्छुक व्यक्ति, सामुदायिक उपभोक्ता वन समिति, कार्यालय, संघ/संस्थाहरुको आवश्यक प्रमाण कागजातका आधारमा वितरण गरिने उनले बताए । डिभिजनमा बिरुवाको परिमाण अनुसार असार १५ गतेपछि बिरुवा माग फारम भरेकाहरुलाई पनि क्रमशः वितरण गरिदै लैजाने बताए । बिरुवा र फलफुल वितरण प्रक्रियामा आवश्यक परे स्थलगत अध्ययन निरीक्षण समेत गरि विरुवा वितरण प्रक्रिया अगाडी बढाईने उनले बताए ।

वन डिभिजन कार्यालयको साथै मातहतका अन्य ६ वटा सव डिभिजन कार्यालयहरुबाट प्रति सव डिभिजन १० हजार ओटा विरुवा वितरण गरिने उनले बताए।

यसअघि ककनी, शिवपुरी र देउराली सव डिभिजन वन कार्यालयबाट स्थानीयस्तरमा विरुवा वितरण कार्य सम्पन्न भइसकेको छ। बिरुवा वितरण गर्न बाँकी रहेका तीन सब डिभिजन कार्यालयबाट भोलीबाट वितरण गरिने जानकारी दिए।

सामुदायिक वनकाे हकमा भने वन उपभाेक्ता समितिकाे निर्णय र पत्रकाे आधारमा मात्र बिउवा वितरण गरिने भएको छ भने निजी वनको हकमा आधिकारिक दर्ता प्रमाण पत्रको आधारमा वितरण गरिनेछ। धेरै मात्रामा बिरुवा लगाउनको लागि किसानको हकमा चैं जग्गा लालपुर्जाको कित्ता नम्बर खुलेको आधारमा वितरण गरिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top