+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारमाथि भएको दुर्व्यवहार र क्यामेरा फुटाएको घटनाप्रति महासंघको आपत्ति

Federation of Nepal Journalists District Chapter Nuwakot
डबली खबर
६ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका पत्रकारमाथि भएको हातपात र क्यामेरा फुटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ नुवाकोटले गम्भीर आपत्ति जनाएको छ ।

गाउँसभाको समाचार संकलन गर्न दाङसिङ पुगेका पत्रकारहरु माथि भएको घटनालाई लिएर महासंघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसमाथी नाङ्गो हस्तक्षेप गर्दै आफैले बोलाएको कार्यक्रमको समाचार सङ्कलन गर्ने नदिने वडाध्यक्षहरुको ज्याजती, क्यामेरा नियन्त्रणमा लिएर तोडफोड गर्ने शैली निरङ्कुश र दण्डनीय रहेको महासंघले ठहर गरेको छ।

बुधबार गाउँपालिकाका अध्यक्षले गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा छायांकनगर्न थालेका महासंघका सदस्य तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तारकेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नम्बर ६ का ज्ञानेन्द्र तामाङले तोडफोड गरेको छन्। अहिलेसम्म पनि उक्त क्यामेरा सम्बन्धित पत्रकार र संचार संस्थामा फिर्ता गराईएको छैन भनि प्रेस विज्ञप्तिमा उल्लेख छ।

समाचार संकलनकै क्रममा रहेका त्रिशुली खबर साप्ताहिक तथा रुपायन त्रैमासिक पत्रिकाका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीमाथि भएको दुर्व्यवहार र आक्रमण प्रयास गर्दै पत्रकारद्वयको सवारी साधनमा समेत क्षति पुर्‍याएका छन् ।

नेपाल पत्रकार महासंघनेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पनि नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुबाट कार्यक्रमा बोलाएर उल्टै समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार, आक्रमण तथा तोडफोड गरिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप गरेको छ । घटनाले स्थानीय निकायमा जनप्रतिनिधिहरुको गैरजिम्वारीपनको उजागर हुनुका साथै पत्रकारहरु उनीहरुबाट असुरक्षित रहेको थप प्रष्ट्याएको भनि बिहिबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “महासंघ पत्रकारको स्वतन्त्रतामाथि प्रहार गरिएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्नहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन र स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न एवं पत्रकारको सञ्चार सामग्रीमा पुगेको क्षतिको क्षतिपूर्ति दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।”

बुधबार भएको विदुर नगरपालिकाको सातौँ नगरसभामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले निति तथा कार्यक्रम एकलौटी भएको भन्दै विरोध गरेपछि हलमा चाप बढेको भन्दै विदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डितले समाचार संकलनमा खटिएका पत्रकारहरुलाई सभापछि प्रेस सम्मेलन गराई हल बाहिर जान भनेका थिए।

नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ नुवाकोटको प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रेस विज्ञप्ति

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ