+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ
डबली खबर
५ साल अगाडी

नुवकाेट – प्रहरीले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका-६ का दिपक तामाङ, वडा नम्बर १ का रोशन तामाङ र तारकेश्वर-१ का सुरेश लामालाई पक्राउ गरेको छ ।

पक्राउ परेका अभियुक्तहरुले बा ७७ प ५२३४ नम्बरको मोटरसाईकल शिवपुरी-६ को सडकखण्डस्थित चोरी गरी चलाईरहेको विशेष सूचनामा प्रहरीले पक्राउ गरेको हो । निजले मोटरसाइकलको ईन्जिन नम्बर र च्यासिस नम्बर समेत तोडफोड गरेको हुँदा शंकास्पद अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख अवी नारायण काफ्लेले जानकारी दिए।

अभियुक्तहरुलाई जिल्ला अदालतबाट थप अनुसन्धानको लागी दिन १५ को म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ