२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

लकडाउनमा २५२ परिवारलाई खाद्यान्न राहत वितरण

डबली खबर     जेष्ठ २८ २०७७ १६:०८

covid 19 lockdown janakalyan youth club food donate to 252 family in bidur municipality ward 7
pratik book and stationery center in nuwakot

नुवाकोट – आदर्श जनकल्याण युवा क्लबले तुप्चेका दुई सय ५२ परिवारलाई राहत वितरण गरेको छ ।

विदुर नगरपालिकाको वडा नम्बर ७ को कार्यालयको समन्वयमा लकडाउनको बेला छाक टार्न समस्या नहोस् भन्नको लागि स्थानीय समुदायका परिवारलाई खाद्यान्न राहत उपलब्ध गराईएको क्लबका अध्यक्ष भिमसेन बाेगटीले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनले गर्दा जीवनयापन गर्न कठिन भइरहेको अवस्था वडाका ती परिवारहरुलाई राहत वितरण गरिएको हो ।

स्वीस नागरिकको सहयोगमा नेपाल ड्रिम पाथ ट्रेक्सका सञ्चालक दामोदर प्याकुरेलले उपलब्ध गराएकोमा क्लबले प्रति परिवार १५ केजी चामल, १ पाकेट तेल, १ पाकेट नुन र २ वटा साबुन राहत सामाग्री उपलब्ध गराइएकाे अध्यक्ष बाेगटीले जानकारी दिए ।

जिल्लाबाहिरबाट आएका ८ जना मजदुरहरूलाई पनि राहत सहयाेग उपलब्ध गराइएकाे क्लबले जनाएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top