२०८१, १० बैशाख सोमबार

नेपाल भाषिक प्रधान रहेनन्

डबली खबर     बैशाख ११ २०७७ ०९:२४

ishworman pradhan nepal bhasha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल भाषिक ईश्वरमान प्रधानको आज १३औ पुण्यतिथि, उनको २०७६ चैत २९ गते शनिबार निधन भएको थियो ।

लाय्‌कू टोलमा बस्दै आएका प्रधान त्रिभुवन विश्वविद्यालयबाट सिअहेबको पढाइ सकाएर परोपकार स्वास्थ्य सेवामा कार्यरत रहेका थिए । उनी त्रिशुली हाइड्रो पावरका जागिरे थिए । जागिरे जीवनमा उनी त्रिशुलीमै बस्दै आएका थिए ।

त्रिशुलीको बसाइँमा पनि प्रधानले आफ्नो मातृभाषा नेपाल भाषाप्रतिको लगावको कारण त्रिशुली माध्यमिक विद्यालयमा पनि नेपाल भाषा अध्यापनको व्यवस्था गरेका थिए ।

विसं १९९४ मा जन्मिएका प्रधानका नेपाल भाषाका लेखहरु प्रकाशित छन् । उनका स्वास्थ्य विषयका नेपाल भाषाका पुस्तकहरु पनि प्रकाशित छन् । उनका नेसं ११२२ मा ‘झीगु तजिलजिइ नखः व जात्रा’, नेसं ११२४ मा ‘लः व नसा’, नेसं ११२६ मा ‘हे मनू व मेगु चिनाखँ’, नेसं ११२८ मा ‘दुषित वातावरणं वइगु ल्वय् व स्वास्थ्य शिक्षा’ पुस्तकहरु प्रकाशित छन् ।

उनले विसं २०१९ सालमा रेडियो नेपालको ‘जीवन दवू’ कार्यक्रममा थुप्रै कविता, कथा एवं रचनाहरु वाचन गरेका थिए ।

उनका तीन छोरा र एक छोरी छन् । जेठो छोरा नेपाल चेम्बर अफ कमर्स, नुवाकोटका अध्यक्ष कविन्द्रमान प्रधान हुन् भने माईला छोरा  जिल्ला सहकारी संघको नगर समन्वय समितिका संयोजक नविन्द्रमान प्रधान हुन् । कान्छा छोरा काठमाडौं निवासी हुन् भने छोरी अमेरिकामा बस्दै आइरहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top