sujim advert

बन्दाबन्दीलाई अवसरको रुपमा प्रयोग गरौं

शुकदेव दाहाल     बैशाख ८, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

shukadev dahal
bidur tax consultancy services in nuwakot

विश्वभर फैलिएको कोभिड-१९ (कोरोना) भाईरसको त्रासको कारण आज विश्व मानव जगत लकडाउन (बन्दाबन्दी)मा रहन बाध्य हुनुपरेको छ । सन् २०१९ डिसेम्बरको अन्त्यमा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरसले अप्रिल जनवरी २२ सम्म आईपुग्दा चीनमा झन्डै २ हजार मानिसको ज्यान गएपछि विश्व स्वास्थ्य संगठनले यो संक्रमण विश्वभर फैलन सक्ने भन्दै माहामारीको रुपमा घोषणा गरेपछि विश्व सचेत हुन पुगेको थियो । तर यो अवधिमा अन्य देशमा पनि संक्रमणले जरा गाडिसकेको थियो ।

यो क्रममा आजका दिनमा आईपुग्दा करिब १ लाख ६५ हजारभन्दा बढीको मृत्युु भएको छ भने २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यी मध्ये ६ लाखभन्दा बढी निको भएर घर फर्केको छन् । विश्व आज विज्ञानको प्रभावका कारण यति प्रतिष्पर्धी भएको छ कि कोही कसैले कसैसँग चासो राख्न सक्ने अवस्थामा थिएनन । तर आज महान र शक्तिशाली मुलुकलाई पनि यो महामारीले झस्काएको छ । आज एउटा भाइरसले महामारीको रुप लिँदा पनि विज्ञानले काम गर्न सकेको छैन । अमेरिका बेलायत जस्तोसुकै शक्तिशाली मुलुक पनि लक डाउनमा बसेर यो रोगसँग लडिरहेका छन् ।

सरकारको प्रयास र हामी आम नागरिकको जिम्मेवारीपनका कारण संक्रमणले महामारीको रुप लिन पाएको छैन ।

विश्वसँगै हामी नेपालीजन पनि यो संक्रमणसँग जुधिरहेका छौ । यो पंक्ति लेखिरहँदा हामी लकडाउनको २७ औं दिनमा पुगेका छौ । अहिलेलाई यो क्रम वैशाख १५ सम्म जारी रहन्छ । त्यसपछिको अवस्था के होला अहिले नै आकाँलन गर्न सकिने अवस्था छैन । तर सरकारको प्रयास र हामी आम नागरिकको जिम्मेवारीपनका कारण संक्रमणले महामारीको रुप लिन पाएको छैन । यो हाम्रो लागि निकै खुशीको कुरा हो । सरकारी तथ्यांक अनुसार आजसम्म ३१ जनामा देखिएको छ भने ३ जना निको भएर घर फर्केका छन् । यो पनि हाम्रो लागि अर्को खुशीका कुरा हो । यो सगै सरकारले पनि परीक्षरणको दायरालाई अझै फराकिलो बनाएको छ । यो पनि हाम्रो लागि सुखद पक्ष हो ।

हामी यसैमा गरीव र आर्थिक रुपमा सम्पन्न देशका नागरिक होइनौँ । हाम्रोमा गुणस्तरीय स्वास्थ्य सेवा छैन । स्वास्थ्य सेवा कमजोर भएको हाम्रो देशमा रोगको महामारी फैलियो भने त्यसको सामना गर्न हामी सक्षम छैनौँ । हामी एउटाको सानो गल्तीका कारण पनि ठूलो महामारी फैलिन सक्छ । त्यसैले पनि अहिले हामी आफैं सचेत हुनु जरुरी छ । लकडाउन सरकारले हामी नागरिकलाई बचाउनको लागि गरिएको एउटा विधि हो । त्यो विधिमा हामी सबै बस्नुपर्छ । राहत वितरण र हिँडडुलमा समस्या छ । यो सबैलाई थाहा छ । यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सकारात्मक सुझावहरु हामीले दिन सक्छौं ।

स्थानीय सरकारहरुले पनि विपद्को बेला जुन किसिमको तयारी गरेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । हामीसँग जुन स्रोत र साधन उपलब्ध छ, जति क्षमता छ सोही अनुसारको तयारी हामीले गर्ने हो । त्यो स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकार तीनै तहको सरकार र समुदायमा पनि लागू हुन्छ ।

असामान्य अवस्थामा केही कमजोरी होला, तर सरकारले नागरिकलाई जोगाउन जुन प्रयास गरेको छ त्यो असामान्य पक्कै छैन ।

कहि कतै सरकारका कमजोरी छन् । चाहे त्यो औषधी खरिद प्रकरण होस वा राहत वितरणका विषयमा होस् । कि यस्तो संकटका बेला सुकुम्बासी आयोग गठन गरेर कार्यकर्ता भर्ति गरेको विषय हुन । यस्ता विषय पक्कै समर्थन गर्न लायक छैन तर अहिले हाम्रा सामु एकतावद्ध भएर कोरनासँग लड्नु नै हो । पछिल्लो समय सरकाको विरोध गर्ने बहानामा सामाजिक सञ्चालनमा अन्य मुलुकका तस्बिर पोष्ट गरेर सरकारलाई कमजोर बनाउने काम गरिएको छ । यो गलत कुरा हो । यो हाम्रो लागि असामान्य अवस्था हो । असामान्य अवस्थामा केही कमजोरी होला, तर सरकारले नागरिकलाई जोगाउन जुन प्रयास गरेको छ त्यो असामान्य पक्कै छैन । बुझेर र बुझ पचाउँदै महिनौ लकडाउन हुँदा पनि फरक नपर्ने समूहहरुले मजदुरका नाममा राजनीति गर्नु हाम्रो लागि अर्को भाईरस हो बुझ्नुपर्छ । पक्कै केही मानिसको पीडा दुःखदायी छ । उहाँहरुको बारेमा सरकारलाई सुझाव दिएर समन्वयात्मक काम गर्न सक्नुपर्छ । हामी सबै दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवीले यो अवस्था विवेक प्रयोग गरौं ।

हामीले आफ्ना दैनिकीलाई केही परिमार्जन गरेर अघि बढ्यौं भने यो एउटा अवसर पनि बन्न सक्छ ।

देश बलियो स्वस्थ्य रह्यो भने भोलि या मैदान हाम्रो नै हो । यो संकटको एक मात्र उपचार अर्थात यो विषय परिस्थितिमा हामीले होम क्वारेन्टाइन बसेर केही समय धैर्य गर्न सक्यौं भने सबैभन्दा ठूलो कुरा यो महामारीलाई जित्ने छौँं र हाम्रो दैनिकी नियमित बन्नेछ । यसका लागि हामीले आफ्ना दैनिकीलाई केही परिमार्जन गरेर अघि बढ्यौं भने यो एउटा अवसर पनि बन्न सक्छ । विगतमा हाम्रो दैनिकी पक्कै व्यस्त थियों छ फेरि पनि हुनेछ । त्यसलाई यो अवसरमा केही सकारात्मक रुपमा योग ध्यान गर्दै परिवारसँग समय बिताउने, उनीहरुलाई आफुले जानेका बुझेका कुरा सिकाउने र आफू पनि उनीहरुका कुरा सुन्ने परम्पराको विकास गर्ने अवसर पनि यसले प्रदान गरेको छ । यसलाई सही रुपमा प्रयोग गर्न सके अबको हाम्रो जिन्दगीको यात्रा अझ सुन्दर हुँदै जानेछ । फेरि पनि भन्न चाहान्छु कोरोनाभाईरस तपाईंको घरसम्म आउँदैन, त्यसैले तपाईं यसलाई लिन बाहिर नजानुहोस र घरमै बस्नुहोस । हामी पक्कै कोरोनालाई जित्ने छौ ।

लेखक दाहाल नुवाकोट जागरण साप्ताहिकका प्रधान सम्पादक हुन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top