२०८१, ७ बैशाख शुक्रबार

विद्यार्थीको मनोबल र शैक्षिक गतिविधिमा व्यस्त राख्दै सूर्यज्योती एकेडेमी

    बैशाख ५ २०७७ १५:४७

elearning-course-dabali-khabar-nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वव्यापी फैलिएको कोरोनाभाइरसको सङ्क्रमण र सम्भावित जोखिम फैलन नदिन सरकारले जारी गरेको लकडाउन आज २५औं दिन पुगेको छ । एसइई परीक्षाको एकदिन अगाडी सरकारको निर्देशनमा परीक्षा बोर्डले सूचना गरेर अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो ।

परीक्षा स्थगन भएको भोलिपल्ट २०७६ चैत्र ६ गतेदेखि नै विदुर नगरपालिका-९ कोलोनीमा रहेको सूर्यज्योती एकेडेमीले विद्यार्थीको मनोबल र शैक्षिक गतिविधिमा व्यस्त राख्न सामाजिक संजाल र प्रविधिको सदुपयोगसँगै शैक्षिक गतिविधिलाई नियमित रुपमा अनलाईनमार्फत् एसइई परिक्षार्थी विद्यार्थीहरु सिकाईका अभ्यास गराउंदै आईरहेको छ ।

अभ्यासको आज ३० औं दिन, थोरै समयमा र सबैको पहुँचमा भएको प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुको दैनिक कार्य अभ्यास, अनुगमन र शैक्षिक स्थिति बारे बुझ्न यसको सुरुवात गरिएको विद्यालयका प्रधानाध्यापक अनुप बस्नेतका जानकारी दिए । फेसबुक म्यासेन्जरको ग्रुपमा २५ जना एसइई परिक्षार्थी विद्यार्थीहरु लगायत सम्पूर्ण विषयगतका शिक्षक/शिक्षिका पनि जोडिएका छन् । समयानुकुल भएपछि विद्यालयमा ई-लर्निङ्ग क्रियाकलापको माध्यमलाई पनि अपनाईने जानकारी दिए । उनले कक्षा १ देखि ९ सम्मका विद्यार्थीले पनि दैनिक रुपमा सिकाईका गतिविधिलाई निरन्तर दिई आफ्नो शैक्षिक क्रियाकलापमा आफुलाई व्यस्त राख्न र अभिभावकहरुले पाठ्यपुस्तक अभ्यास, व्यवहारिक तथा सामाजिक शिक्षालाई सिकाउनु पर्ने बताए ।

ग्रुपको तालिका अनुसार शिक्षक/शिक्षिकाले हरेक दिन अभ्यास कार्य दिने र विद्यार्थीहरुले अभ्यास कार्य पूर्ण भएपछि मोबाईल वा ट्याबबाट फोटो खिचेर ग्रुपमा राख्ने गरेको शिक्षक नारायण श्रेष्ठले जानकारी दिए । विद्यार्थीले पूर्ण गरि पठाएका अभ्यासका कार्यहरु शिक्षक/शिक्षिकाले चेकजाँच गरि पुन: ग्रुपमा राख्ने गरेको छ । नबुझेका प्रश्नहरु सम्बन्धित शिक्षक/शिक्षिकालाई ग्रुप वा व्यक्तिगत म्यासेजमा सोध्ने गरेको छ । यसले गर्दा शिक्षक/शिक्षिकालाई खुलस्त रुपमा सोध्ने गरेको र विद्यार्थीसँगको सम्बन्धमा खुला सञ्चार अब्बल स्थापित भएको उनले बताए । ग्रुपमा रहेका जोकोहीले पनि नयाँ नि:शुल्क अनलाईनमा उपलब्ध अतिरिक्त क्रियाकलाप तथा पाठ्यक्रमकाे लिंक तथा सामग्री सेयर गर्नेछ ।

परीक्षाको तयारीको लागि नियमित प्रारम्भिक अनलाईन कक्षाले धेरै कुरा बुझ्ने अवसर मिलेको र सिकाईको नौलो माध्यमको अनुभव भएको एसइईको तयारीमा जुटेकी बिपना कोइरालाको अनुभव छ । त्यस्तै सुबोध अधिकारी र सोनुराज तामाङको पनि लकडाउनको समयमा घरमै बसेर शिक्षकले परीक्षाको लागि तयारी अभ्यासका ज्ञान प्रदान गरिरहेको र नयाँ माध्यमले बुझाईमा थप ज्ञान हासिल भएको अनुभव छ ।

लकडाउन समयको सदुपयोग गरी परीक्षाका लागि तयार हुन र घरमै बसेर सिक्न मिल्ने व्यवस्था गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राज्यलक्ष्मी श्रेष्ठले बताईन । “महामारीमा आमविद्यार्थीमा पढाइलेखाइमा ध्यान दिने रुची हुँदैन त्यसलाइ मध्यनजर गर्दै एसइई परिक्षार्थीका  लागि विद्यालयले नै विद्यार्थीको दैनिक रुपमा शैक्षिक क्रियाकलापको निगरानीको गरिरहेको छ । सबै विषयका शिक्षक/शिक्षिकाहरुले विद्यार्थीका लागि किताब पढ्ने उत्प्रेरणा प्रदान गरेका छन् । अभिभावकले पनि बालबालिकालाई आफ्ना अनुभवहरू साटासाट गर्ने, विचारहरू बनाउने र तिनीहरूलाई संगठित गर्ने र प्रसारण गर्ने काम लगाउन सकिन्छ”, उनीले बताईन् । एसईको परीक्षा स्थगित भएको भोलिपल्टदेखि नै विद्यार्थीहरुलाई शैक्षिक अभ्यासका साथै अतिरिक्त क्रियाकलाप, अडिओ/भिडीओ शैक्षिक सामग्री सेयर गर्नुको साथै भर्चुअल अभ्यास “कुल ल्याबस् डटकम” मार्फत पनि अभ्यास गराई रहेको जानकारी दिईन ।

“यो महामारीकाे लकडाउन कति लम्बिन्छ थाहा छैन। समनुकुल नभएसम्म विद्यालय खोलिहाल्न हतार गर्नुहुन्न। शिक्षक र विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो कुरा केही हुन सक्दैन। यस्तो बेला पठनपाठन सुचारु गर्न वैकल्पिक उपायको खोजी गर्न जरुरी छ।” उनीले बताईन् । इन्टरनेट, टिभी, गेम मात्रलाई सिमित नराखी बालबालिकालाई खाना पकाउने, तरकारी केलाउने, लुगा धुने, कोठा सफा गर्ने, फूल गोड्ने र पानी हाल्ने आदि सिकाईको माध्यम अपनाउनुपर्छ । बालबालिकालाई घर वरिपरिका करेसाबारी, बगैँचा, घरपालुवा जनावर, खेतबारी, खानेकुरा, छरछिमेक र साइनो सम्बन्धबारे खोज र अभिलेखीकरण गर्न लाउन सकिन्छ।

समय अनुसार मानिस एकल परिवारमा बस्दै आईरहेको छ । तर संयुक्त परिवारमा हुने आदर, सत्कार, सम्मान लगायतका नैतिक व्यवहारमा कमि भएको छ। यो समयमा हामीले बालबालिकासँग नजिक भइ नैतिक व्यवहार सिकाउनुपर्छ। खानाको परिकारको स्वाद, परिकारमा समेत लोप हुदैं गएको छ। नेपाली खाना गुन्द्रुक, अचार, दही, घिउ तथा अन्य स्थानीय ज्ञानहरू र तिनीहरूको अर्थ तथा प्रयोगबारे बुझाउन सकिने उनीले बताईन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top