+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्यागङमा अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी तीव्र

म्यागङमा अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी तीव्र
डबली खबर
४ घण्टा अगाडी

४ वैशाख, नुवाकोट । म्यागङ गाउँपालिकाको आयोजनामा हुने बागमती प्रदेश स्तरीय ‘चौथो म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता-२०८३’ को तयारी तीव्र पारिएको छ।

खेलकुदको माध्यमबाट स्थानीय प्रतिभा प्रस्फुटन गर्ने र भाइचारा बढाउने उद्देश्यका साथ गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष आशा तामाङले बताए ।

यही वैशाख ७ गतेदेखि १२ गतेसम्म म्यागङ गापा-५ सामरीस्थित जालपादेवी मन्दिर परिसरको खेल मैदानमा सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह के.सी.ले गर्ने कार्यक्रम तय भएको छ।

प्रतियोगितामा बागमती प्रदेशका विभिन्न पालिकाबाट सहभागी टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथमले नगद ३ लाख ३४ हजार ४४४ रुपैँया, द्वितीयले २ लाख २३ हजार ३३३ रुपैँया र तृतीयले १ लाख १२ हजार २२२ रुपैँया नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र पाउनेछन्।

साथै, सान्त्वना पुरस्कार स्वरुप ५६ हजार ६६६ रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विभिन्न विधातर्फ ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सेटर’, ‘बेस्ट डिफेन्डर’, ‘बेस्ट सर्भर’ र ‘बेस्ट ब्लकर’ लाई जनही ५ हजार ६६६ रुपैँया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ