+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कायस्थद्वारा १ सय १५ जनालाई खाद्यान्न राहत प्रदान

कायस्थद्वारा १ सय १५ जनालाई खाद्यान्न राहत प्रदान
डबली खबर
६ साल अगाडी

विदुर – कोरोनाभाइरसको संक्रमणको जोखिमलाई रोक्नको लागि सरकारले जारी गरेको लकडाउनको कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न राहत प्रदान गरिएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान महासचिव दीपक कायस्थले व्यक्तिगत रुपमा विदुर नपा-२ बट्टार क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । बुधबार २९ परिवारका १ सय १५ जनालाई खाद्यान्न राहत प्रदान गरिएको हो ।

लकडाउनको कारण समस्यामा परेकाहरुलाई व्यक्तिगत रुपमा सहयोग गरेको खाद्यान्न प्रदान गर्दै उनले भने ‘अहिलेको अवस्थामा धेरै समस्यामा परेका हुन सक्छन् । सक्नेहरुले थोरै भए पनि सहयोग गर्न सके राज्यमात्र भार पर्दैन ।’

विदुर नगरपालिकाले खाद्यान्न राहत प्रदान गर्ने पहिलो चरणमा छुट हुन गएका स्थानीय ज्येष्ठ नागरिक, महिला र मजदुरहरुलाई प्रतिव्यक्ति ३ किलो चामल र दाल, तेल, नुन, साबुन र मास्क वितरण गरिएको विदुर नपा-२ की वडासदस्य विन्दा श्रेष्ठले जानकारी दिईन। दैनिक गुजारा चलाउन समस्या भयो भनि अनुरोध आए अनुसारका व्यक्तिहरुलाई संघका निवर्तमान महासचिव कायस्थले आफ्नो आमा लक्ष्मी कायस्थको सम्झनामा खाद्यान्न राहत प्रदान गरेको वडा सदस्य श्रेष्ठले जानकारी दिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ