२०८०, १७ फाल्गुन बिहीबार
social securities awareness bidur municipality

पञ्चकन्याको राहत कोषमा नेकपाको सहयोग

    बैशाख २ २०७७ १६:२५

corona-fund-donate-cuml-nuwakot-panchakanya-chairman
pratik book and stationery center in nuwakot

पञ्चकन्या – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पञ्चकन्या गाउँपालिका कमिटीद्वारा गाउँपालिकामा रहेका संगठित सदस्यहरुसँग एकमुष्ट रकम जुटाई कोरना राहत कोषमा रकम जम्मा गरेको छ ।

प्रभावितहरुको लागि स्थापना गरिएको कोषमा दुई लाख छयासी हजार आठ सय छब्विस हस्तान्तरण गरिएको छ । कोरनाको कारण लाग्ने कोभिड १९ रोग रोकथामका लागि नेपाल सरकारद्वारा लगाइएको लकडाउनको कारण श्रम गरेर खाने श्रमिक तथा अति बिपन्न परिवारको दैनिक हातमुख जोडने अवस्थामा पर्ने समस्या तथा कोभिड नियन्त्रणका लागि चाहिने स्रोत जुटाउने पालिकाको अभियानमा नेकपाले सघाएको हो ।

पार्टीका सदस्यहरुले स्वत:स्फुर्त रुपम एक दिने अभियान सञ्चालन गरेर उक्त रकम संकलन गरिएको नेकपा पञ्चकन्याले जनाएको छ । कमिटीद्वारा नेपाल सरकारले तोकेको सामाजिक दूरीको पालना गर्दै गाउँ कमिटी अध्यक्ष मीन बहादुर खत्री (कुमार) लगायत अन्य सदस्यको रोहवरमा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई उक्त रकम हन्तान्तरण गरिएको हो ।

उक्त रकम हन्तान्तरण गर्दै अध्यक्ष खत्रीले गाउँ कमिटी महामारी तथा यस्ता जुनसुकै विपतमा जनताको साथमा रहेको र हालको लागि अत्यावश्यक केही रकम संकलन गरिएको र यसबाट पालिकाले आवश्यक ठाउँमा खर्च गर्न अनुरोध गरे । गाउँपालिकामा कसैलाई भाकै बस्न नदिनका लागि आगामी दिनमा अन्नपात तथा जिन्सी अभियान समेत आश्यकता परेको खण्डमा पार्टीको तर्फबाट संकलन गरिने कार्यक्रम रहेको समेत सहयोग गर्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top