+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड-१९ र नुवाकोटको चुनौती: राजुमित्र खनाल

rajumitra khanal_Corona_nuwakot_dabali_khabar_tws_trishuli_web
डबली खबर
६ साल अगाडी

अहिले चीनको बुहान प्रान्तवाट सुरु भएको कोरोना भाइरसबाट अहिले विश्व आतंकित भइरहेको छ । यो भाइरसवाट एकलाख भन्दा वढीको मानिसको मृत्यु भईसकेको छ भने सत्रलाख जना यो भाईरसको संक्रमणमा परिसकेका छन् । विकसित देशहरु कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न संघर्षरत छन् ।

युरोप, अमेरिका र मध्य पूर्वका मुलुकहरुमा तीव्र रुपमा फैलने क्रममा रहेको यो भईरसको चपेटामा मित्र राष्ट्र भारत पनि छ । नेपालमा हालसम्म १२ जनामा यो भाईरसको संक्रमण देखिएको छ । जसमध्ये भारतवाट भित्रिएका वढी छन् । त्यसैले पनि नेपालले यो रोगको सामना गर्न सबै प्रकारका शक्ति र सावधानीहरु अपनाउनु आवश्यक छ ।

भारतमा कोरोना संक्रमितको दर वढ्दै गएपछि खुल्ला सिमानाको कारण नेपालले अझै सावधानी अपनाउनु पर्ने देखिन्छ । कोरोना भाइरसको माहामारीले निम्त्याएको संकटसँग जुध्न विभिन्न व्यक्ति तथा संस्थाहरुले आ–आफ्नो क्षेत्रबाट सामथ्र्यले भ्याएसम्मको सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले अग्रभागमा रहेर महत्वपूर्ण कोरोना संक्रमण नियन्त्रण गर्न महत्व भूमिका खेलिरहेका छन् । यस्तो संकट पूर्ण अवस्थामा कोरोना भाइरस नियन्त्रणका लागी सञ्चार माध्ययमले प्रवाह गर्ने सत्यतथ्य समाचार र सचेतनामूलक सामग्री प्रकाशन प्रशारण गरेर महत्वपूर्ण भूमिका निभाई रहेका छन् । कोरोना नियन्त्रणकोलागी सचेतना फैलाउने सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि विशेष राहत र सहुलियत सरकारले प्रदान गर्नु पर्दछ ।

फिल्डमा खटिने सञ्चारकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, नियमित स्वास्थ्य परीक्षण, विमा र सहज सूचना प्राप्तिको व्यवस्था गरिनु पर्दछ । मुलुकभरको सम्पूर्ण आर्थिक गतिविधी लामो समय सम्म रहँदा त्यसको मार सामुदायिक तथा निजी क्षेत्रवाट संचालित संचार संस्थाहरुमा पर्न गएको छ । यस्तो संकटको अवस्थामा सरकारको तर्फबाट सञ्चार क्षेत्रका समस्या सम्बोधन, राहत तथा सञ्चार क्षेत्रसँग सहकार्यको कुनै पनि कार्यक्रम घोषणा गरिएको छैन । सरकाले संकटको समयमा महत्वपूर्ण भूमीका निर्वाह गरेका संचार क्षेत्रका समस्या समाधानमा गम्भीर हुनु जरुरी देखिन्छ ।

नुवाकोट जिल्लाको कुरा गर्नुपर्दा नुवाकोट पनि दक्षिण तर्फ भारतबाट नजिकै रहेको छ । नुवाकोटमा पनि विरंगज नाका हुँदै पाँच घण्टाको दूरीमै आउन सकिन्छ । त्यसैले पनि त्यहाँबाटछ नुवाकोट भित्रन सक्ने सम्भावनालाई हामीले पूर्व तयारीको रुपमा लिनु आवश्यक छ । अहिले जिल्लामा पूर्व तयारीको लागि भइरहेका प्रयास सकारात्मक रहेका छन् ।

स्थानीय तहहरुले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म गरिरहेका छन् भन्ने मलाई लाग्छ । तर, यो लकडाउनको समयावधि लम्बियो भने नागरिकलाई समस्या हुन सक्छ त्यसको सामना हामीले कसरी गर्न सक्छौँ भनेर पूर्व तयारीका साथ योजनाहरु निर्माण हुनु जरुरी रहेको छ । नुवाकोट, रसुवा र धादिङको समेत विरामीहरुको उपचार हुने जिल्ला अस्पताललाई सुधार गर्ने बेला पनि यही हो भन्ने मलाई लाग्छ ।

कम्तिका पालिकास्तरमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि एउटा अस्पताल हुनु आवश्यक छ । कम्तिमा पालिकास्तरमा एउटा सुविधा सम्पन्न अस्पताल भइदियो भने यो महामारी मात्र होइन, पछि आउने स्वास्थ्य समस्यालाई जुध्न पनि सहज हुनेछ । त्यसका लागि जिल्लाका स्थानीय तहदेखि प्रदेश र संघीय सांसदहरुले पनि आवश्यक योजनासहित अघि बढ्नुपर्ने देखिन्छ ।

विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला नागरिक समाज, सञ्चारकर्मीको भूमिका अझै प्रभावकारी हुनुपर्छ । सचेत हुने खालका सुचना प्रदान गर्नु, नागरिकलाई सुसचित गर्नु, सान्त्वना दिनु र सरोकारवाला निकायलाई आफ्नो दायित्वबारे अझै प्रभावकारी भूमिका निर्वाह गराउनको लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । समस्यामा परेका नागरिक र सरकार एवं सरोकारवालावीच समन्वयको भूमिकामा पनि सञ्चारकर्मी र नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । अझ सञ्चारमर्कीको भूमिका यो विपद्को बेला प्रभावकारी एवं सही सुचना प्रदान गर्न सकिएन भने नागरिकमा त्रास उत्पन्न हुन्छ । हामीले सञ्चार गर्ने सुचनाले आम नागरिकको इच्छा, आकांक्षा र भरोसालाई ठूलो महत्व राख्दछ ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ