२०८१, १३ बैशाख बिहीबार

स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    चैत्र २७ २०७६ ०८:०२

yashodha devi bhagwan arjun jagadish kedar dhananjaya narsingh kc donate ppi globes and hand sanitizer
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले कोरोनाभाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराएको छ । ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले ८८ सेट पीपीइ, ६ सय थान पन्जा, पाँच हजार पीस सर्जिकल मास्क र एकहजार २ सय थान स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य प्रमुख सागर घिमिरेलाई हस्तान्तरण गरेका छन् ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९) बाट सुरक्षित रहनका लागि ट्रष्टले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । वितरण गरिएका स्वास्थ्य सामग्री जिल्लास्थित अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, सबै स्थानीय तहलाई १/१ थान पीपीइ र ४/४ सयका दरले मास्क वितरण उपलब्ध गराइएको अध्यक्ष केसीले जानकारी दिए ।

कार्यक्रममा ट्रष्टका संरक्षक एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले अहिलेको विश्वव्यापी संक्रमणबाट नेपाली पनि असुरक्षित रहेको र त्यसका विरुद्ध काम गर्नेहरु स्वास्थ्य सामाग्री अभावमै जोखिममा रहेको बताए । संक्रमणकालीन अवस्थामा कोरोनाभाइरस विरुद्ध नेपाल र नेपालीको संरक्षणको लागि एकिकृत भइ लाग्नुपर्ने बताए । नेता केसीले विषम परिस्थितिमा भौतिक दुरी कायम गरी सामाजिक दुरीलाई व्यापक रुपमा बढाई कोरोनाभाइरस विरुद्ध लड्नुपर्ने बताए । स्वास्थ्य विज्ञको सल्लाहको साथै सहज रुपमा उपलब्ध हुने घरेलु विधिका उपायहरु पनि अपनाउनुपर्ने बताए ।

जिल्ला प्रमुख अधिकारी द्रोण पोखरेल र जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, जिल्ला स्वास्थ्य प्रमुख सागर घिमिरे लगायतले जिल्लामा प्राप्त हुने राहत सामाग्रीहरु वान डोर पोलिसीमार्फत् लिई जिल्लाका सबै स्थानीय तहहरुमा समानुपातिक ढंगले वितरण गरिने धारणा राखे ।

पिपिई खरिदका लागि हाल क्यालिफोर्निया निवासी धनञ्जयनरसिह केसी र मदानपुर निवासी कृष्ण पाण्डेले सहयोग गरेको पनि ट्रष्टले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top