+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट
डबली खबर
६ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । सरकारले जारी गरेकाे लकडाउनको निषेधाज्ञा उल्लङ्घन गरि खोलिएका भट्टी पसलबाट प्रहरीले बरामद गरिएको सात सय ९० लिटर मदिरा नष्ट गरेको हो।

जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेका अनुसार अवैध घरेलु मदिरा प्रहरी कार्यालयकै हाताभित्र खाडल खनेर नष्ट गरेको जानकारी दिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ।

घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरी नष्ट गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ