२०८१, ११ बैशाख मंगलवार

व्यवसायीद्वारा मजदूरलाई सहयोग

    चैत्र २३ २०७६ ०५:५५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बुटवल – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताउनुभयो । ती मजदूर दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो समयदेखि मजदूरी गर्दै आएको उहाँले बताउनुभयो । -रासस

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top