आफ्ना बालबालिकाको समयलाई सदुपयोग गर्नु अभिभावकको प्रमुख कर्तव्य हुन्छ । यसलाई सहज गराउन अभिभावकले अनलाईनमा भिडीओ हेर्न लगाउछ कि त बालबालिकालाई मोबाईल वा ट्याब किनी दिएर रमाउन दिन्छ । विद्यालयको शिक्षा बाहेक अन्य अत्तिरिक्त क्रियाकलापमा पोख्त बनाउन जोकोहि अभिवावक खोजी मै रहन्छ ।
एशिया फाउन्डेसनले बालबालिका, अभिभावक र समाजसँगको सम्बन्धलाई निकट बनाउन विश्वका १६ देशहरुका अनुवादक, लेखक, चित्रकार, सम्पादक, डिजाईनर, प्रकाशक र संस्थासँगको सहकार्यमा “लेट्स रिड एसिया” ले बहुभाषिक रुपमा बाल पुस्तकहरुलाई अनलाइन मार्फत पस्किदै आईरहेको छ ।
“ङादा थाहामुला” पुस्तक खमेर स्क्रीप्टमा लेखिएको अनुवादित पुस्तक हो । यसको अर्थ मलाई थाहा छ हो । यस पुस्तकमा विद्यार्थीले विद्यालय पुगेर हासिल गर्ने विद्याको बारेमा लेखिएको छ । पुस्तक अध्ययनको लागि यहाँ क्लिक गर्नुहोला ।
यो पुस्तक बाहेक अन्य पुस्तकहरु नेपाल भाषा, थारु लगायत अन्य देशहरुका भाषामा पढ्न सकिनेछ ।
भर्खरै विद्यालय गएका बालबालिकाहरुको विज्ञानमा आधारित उनीहरुको पढाईस्तर अनुसार सरल भाषामा अनुवादित गरिएको छ । यस पुस्तकलाई आठ भाषामा पढ्न सकिने छ ।
डिजिटल लाइब्रेरीमा भएको सबै पुस्तकहरु डाउनलोड गरि अफलाइनमा मोबाईल, ट्याब र डेस्कटपमा पिडिएफ तथा ई-पब भर्सनमा पढ्न सकिने छ । साथै अनलाईन र एन्ड्रयुड एप इन्स्टल गरि पनि पढ्न र पढाउन सकिने छ ।
स्थानीय भाषामा बालबालिकाहरूलाई बालमनोविज्ञान र जीवन बारेमा अनुवादित पुस्तकहरूको डिजिटल लाइब्रेरी निर्माण गरेको हो ।
लाइब्रेरी विश्वभरका रचनाकार र अनुवादकहरूको यो एउटा नेटवर्क संजाल हो ।
प्रतिक्रिया