विश्वभर कोरोनाको संक्रमणले आज बिहान चैत्र १८ सम्ममा मृत्यु ३७,६३९, संक्रमित ७,८४,७१६ र निको भएका १,६५,३७० रहेका छन् भने नेपालमा संक्रमित ५ र निको भएको १ जना रहेका छन् ।
नुवाकोटमा भने आईसोलेशनमा १, क्वारेन्टाइन १४, होम क्वारेन्टाइन १६८, आईसोलेशन बेड १४ र क्वारेन्टाइन बेड २३२ रहेको छ ।
सामाजिक संजालमा “सडकभरि पैसा” सेयर भइरहेको फोटो देखा परिरहेको छ ।
वास्तवमा फ्याक्ट चेक गर्दा त्यो फोटो इटालीको नभई भेनेजुएलाको भएको पुस्टि भएको देखिन्छ ।
एघार महिना अगाडी पोस्ट भएको यो फोटो अहिले इटालीमा भएको विषम परिस्थितिमा मानिसहरुले पैसा बाटोमा फलेको भनेर सामाजिक संजालमा पोस्ट भइरहेको छ ।
यो एक भेनेजुएला सडकको नालीमा फालिएको बेकारको पैसाको वास्तविक फोटो हो । यो मुद्राको बेकार भयो र भेनेजुएलाका बासिन्दाहरूले यसलाई बेवास्ता गरे भनेर पोस्ट गरिएको पाईएको छ ।
भेनेजुएलामा भएको आर्थिक पतन जटिल विषयलाई लिएर मुद्रालाई सडकमा फ्याँकिएको हो ।

हालसम्म इटालीमा मृत्यु ११५९१, संक्रमित १०१७३९ र १४६२० जना निको भएका छन् ।
यस्तो विषम परिस्तिथिमा संयमता तथा सत्यतथ्य समाचार, जानकारी गराउनु पर्नेमा अनावश्यक फोटोलाई लैलैमा लागेर फोटो सेयर गर्दा इन्टरनेटको ट्राफिकमा बढावा आउने र भण्डारणमा पनि प्रभाव पार्दछ ।



प्रतिक्रिया