२०८१, १६ बैशाख आईतवार

नि:शुल्क बस सञ्चालन गर्दै टिमुरे, तारकेश्वर गापा र गन्तव्य नेपाल

    चैत्र ९ २०७६ १०:०८

corona Timure Bus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वव्यापीरूपमा फैलँदै गएको नोभेल कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै टिमुरे यातायातले आज चैत्र १० देखि १२ गतेसम्म निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

सार्वजनिक उत्तरदायित्व बहन गर्दै सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरुका लागि नि:शुल्क बस सञ्चालनमा ल्याएको टिमुरे यातायातका अध्यक्ष ओम प्रकाश जोशीले डबली खबरलाई जानकारी दिए। काठमाडौंदेखि त्रिशुलीसम्मको लागि काठमाडौबाट बिहान ६ बजे र दिउँसो १:१५ बजे संचालन हुनेछ भने त्रिशुलीबाट बिहान ७ बजेर १५ मिनेट र दिउँसो १२ बजेर १५ मिनेट एसीसहितको डिलक्स बस संचालन हुने अध्यक्ष जोशीले जानकारी दिएका छन् ।

‘सेमी लकडाउन’ को अवस्थामा तारकेश्वर गाउँपालिकाले काठमाडौंबाट गल्छी-तारूकाघाट-महादेवफाँट-बुधसिंङ हुँदै जाेरचाैतारा र काठमाडौंबाट-बट्टार-खड्गभन्ज्याङ-भमरा-मानेडाँडा हुँदै दाङसिंङसम्म आज चैत्र १० गते बिहान ११ बजे नि:शुल्क बस संचालनमा ल्याएको पालिका अध्यक्ष रमेश बहादुर वस्तीले जानकारी दिए । यातायातको लागि सन्ताेष सिग्देल ९८५११५२११९ (तारुका) र नारायण पाैडेल ९८४३०२९२७७ (दाङसिंङ) मा सम्पर्क गर्न सकिने छ ।

त्यस्तै, ग्रेटफूल टूर्स एण्ड ट्रान्सपोर्टली पनि आजदेखी नि:शुल्क बस सेवा सञ्चालनमा गरेको गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । यातायातको रुट काठमाडौंको नागपोखरी, नारायण चौर हुँदै नुवाकोट आउने रहेको छ । थप जानकारीको लागि ९८५१०९३५०४ मा सम्पर्क गर्न सकिने अध्यक्ष अधिकारीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top