२०८१, १३ बैशाख बिहीबार

सर्जिकल मास्क आईतबारदेखि सहज रुपमा पाईने: अध्यक्ष राजेशकाजी श्रेष्ठ

    चैत्र ५ २०७६ १४:२४

nepal chamber of commerce rajesh kaji shrestha handover surgical mask dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बजारमा देखिएको मास्क अभाव आइतबारदेखि सहज रुपमा उपलब्ध गराईने व्यवस्था नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।

नुवाकोट चेम्बर अफ कमर्शको आयोजनामा भएको कार्यक्रममा नोवेल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि उद्योगीले नै मूल्य अभिवृद्धि कर (भ्याट) व्यहोर्ने गरी बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराईने अध्यक्ष श्रेष्ठले बताए । बजारमा मास्कको अभाव भइरहेको बेला चेम्बरको पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन सुरु भएको र गुणस्तरीय अहिले सर्जिकल मास्क आईतबारदेखि मात्र बजारमा पठाउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए । गत हप्तामात्र मास्क उत्पादन सुरु गरेको भएतापनि आवश्यक सामग्रीको अभावको कारण गुणस्तरीय मास्क उत्पादन गर्न नसकेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

दैनिक १५ हजारका दरले उत्पादन भइरहेको मास्क सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा पुर्‍याएर वितरण गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए । हर्बल स्यानिटाइजरको उत्पादनको परीक्षण भइरहेको हुनाले केहि सातामै बजारमा पठाईने जानकारी दिए ।देशभरीका महिला चेम्बरहरुको आर्थिक विकासका कार्यक्रमहरु आगामी दिनहरुमा ल्याउने बताए ।

कार्यक्रममा उद्योगीहरुको छाता संगठनको रुपमा रहेको पहिलोपटक पालिकास्तरीय नुवाकोट चेम्बर अफ कमर्शको ककनी संयोजकको रुपमा दिपेश रुम्बा तामाङलाई मनोनयन गरेको छ ।

नमुनाको रुपमा बनाईएको मास्क नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानलाई अध्यक्ष श्रेष्ठले हस्तान्तरणग गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top