२०८१, २२ बैशाख शनिबार

राम मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा (फोटो फिचर)

    फाल्गुन २२ २०७६ १८:३७

ram mandir pran pratistha nuwakot trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको राम मन्दिरको मुर्तिमा आज बिहिबार प्राण प्रतिष्ठा महोत्सव सम्पन्न भएको छ ।

विनाशकारी भूकम्पले मन्दिरमा क्षति भएको पुनर्निर्माण सम्पन्न गरी आज मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको राममन्दिर संरक्षण समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशुली बजारबासीको आस्थाको केन्द्र रहेको मन्दिरको पुनर्निर्माणकाे लागि विदुर नगरपालिका, स्थानीय नागरिकहरुबाट एक करोड ४ लाख रकम सङ्कलन जुटेको र अहिलेसम्म ९६ लाख खर्च भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवमा श्री १००८ कविराज देवजाचार्य स्वामीको प्रमुख आचार्यकत्व रहेको थियो । फाल्गुण १८ गते आईतबारदेखि सुरु भएको पाँच दिने महोत्सवमा भक्तालुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top