२०८१, १७ बैशाख सोमबार

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै शान्ति पूजा, ७ तस्बिरमा हेरौं

    फाल्गुन २१ २०७६ १४:४०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जालपादेवी मन्दिरमा ‘शान्ति पूजा’ गरिएको छ ।

अनेरास्ववियू नुवाकोट आदर्श बहुमुखी क्याम्पस कमिटीको आयोजनामा ‘शान्ति पूजा’ गरिएको कमिटि अध्यक्ष विष्णुहरि रिमालले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले हिजो साँझ माइतीघरमा दीप प्रज्ववलन गरेको थियो ।  प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । उनको आज मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top