२०८१, १७ बैशाख सोमबार

पौडेल वंश महासंघमा भोलाराज

    फाल्गुन १३ २०७६ १८:५०

bhola raj poudel chairman nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलहरुकाे ‘पौडेल वंश महासंघ नेपाल जिल्ला शाखा नुवाकोट’ को पहिलो भेलाबाट भोलाराज पौडेलको अध्यक्षतामा जिल्ला शाखा विस्तार भएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १० का पौडेल पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।

भेलाले उपाध्यक्षमा शिवपुरीका मधुसुदन पौडेल, सचिवमा विदुर नगरपालिकाका सीताराम पौडेल र कोषाध्यक्षमा सुर्यगगढीका प्रकाश पौडेललाई चयन गरेको छ । सदस्यहरुमा प्रमिला पौडेल, रामजी पौडेल, दिपेन्द्र पौडेल चयन भएका छन् ।

भूगोल र आवश्यकता अनुसार कार्यसमिति विस्तार गरी १५ सदस्यीय निर्माण गरिने समितिका सचिव सीताराम पौडेलले बताए । सल्लाहकार समितिको संयोजकमा विदुरका गोविन्द्र पौडेल तथा सदस्यहरुमा दुर्गानाथ पौडेल तथा सोमप्रसाद पौडेल चयन भएका छन् । आवश्यकता अनुसार सल्लाहकार समितिसमेत थप गर्दै लगिने बताइएको छ ।

भेलाको उद्घाटन समारोहका प्रमुख आतिथि महासंघका उपाध्यक्ष तथा बागमति प्रदेश संयोजक दीपकप्रसाद पौडेकलले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलबन्धुलाई एक ठाउँमा ल्याई पौडेल बन्धुको तथ्यांक संकलन, बंशावली संकलन तथा प्रकाशनलगायतका कार्यमा जिल्ला कार्यसमितिले भूमिका खेल्ने धारणा राखेका छन् ।

जिल्ला कार्यसमितिले जिल्लाका १२ वटा पालिकामध्ये पौडेलहरुको बसोवास रहेको पालिकाहरुमा पालिकास्तरीय महासंघसमेत गठनको तयारी गरेको पौडेल बन्धु महासंघ नुवाकोटका अध्यक्ष भोलाराज पौडेलले बताए ।

भेलाले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलहरुको तथ्याङ्क संकलनका लागि आफ्नो भेगमा रहेका पौडेल समुदायको विवरण उपलब्ध गराउन सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ ।

नुवाकोट जिल्लामा दुई सय भन्दा धेरै परिवार पौडेल समुदायको बासोवास रहेको पौडेल बन्धु महासंघले जनाएको छ । नेपालमा ब्राम्हण समुदायमा सबै भन्दा धेरै जनसंख्या भएको थरमा पौडेल पहिलो नं.मा आउने महासंघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top