२०८०, १६ चैत्र शुक्रबार

पञ्चकन्या सहकारीको २०औं साधारणसभा सम्पन्न, डिजिटल भुक्तानी सुरु गरिँदै

    पुष २८ २०७६ २२:४७

guest in stage on 20th agm of panchaknaya cooperaitve
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पञ्चकन्या बचत तथा ऋण सहकारीको २०औं साधारणसभा सम्पन्न भएको छ । समारोहको उद्घाटन प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरेका हुन् ।

sanju pandit mayor of bidur municipality

पञ्चकन्या सहकारीको २०औं साधारणसभामा मन्तव्य राख्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित । फाेटाेः सुनील श्रेष्ठ

नगर प्रमुख पण्डितले नगरमा सहकारी मापदण्डमा नहेका र एकै विषयगत रुपमा संचालित सहकारीहरु एकिकरणमा जानुपर्ने बताए । त्यस्तै, संविधान २०५७ अनुसूची ८ को एकल अधिकार अनुरुप स्थानीयतहको क्षेत्रमा संचालनमा रहेका र नयाँ सहकारीको दर्ता, सहकारी नियमन तथा सुरक्षित राख्ने र बचतकर्ताको पूंजीलाई सुरक्षित तथा सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताए ।

नगरको गतिविधिबारे नगरप्रमुख पण्डितले नगरमा संचालनमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरको लागि ३ करोड ५० लाख बरावरको बजेट विनियोजन गरिएको जानकारी दिए । शिक्षक दरबन्दी नरहेको विद्यालयमा ५० जना स्वयम् शिक्षक खटाईएको छ। शिक्षक शिक्षिकाको विषयगत क्षमतालाई अभिवृद्धि गर्न तालिम संचालन गरिरहेको छ। पालिकाले प्रदान गर्ने छात्रवृत्ति र नगरस्थित बित्तीय संस्थाहरुले प्रदान गर्ने छात्रवृत्तिमा डुप्लिकेसन हुन नदिन सबै वित्तीय संस्थासँगको समन्वय गर्ने प्रक्रिया अहि बढेको बताए । हरेक वडामा  स्वास्थ्य चौकी, जनशक्ति र आवश्यक औषधी तथा मिनी ल्याबको अवधारणा अघि बढाउने रहेको नगरप्रमुख पण्डितले जानकारी गराए ।

जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले २०५६ बाट मात्रै सहकारी संघ सहकारीकर्मीको अधिनमा आएको बताए । उनले सहकारी ऐनसँग बाझिएका विधायक छिटो भन्दा छिटो संशोधन गरिनुपर्ने धारणा व्यक्त गरे । संघले निकट भविष्यमा फलफुल तथा तरकारी बजार विकास केन्द्र र बजारीकरण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

नगर समन्वय उपसमितिका अध्यक्ष नविन्द्रमान प्रधानले खराब ऋणीहरुलाई कानुनको दायरमा ल्याउन स्थानीय निकायले अहम भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । साथै नगरस्थित सम्पूर्ण सहकारीलाई समितिमा आवद्ध गर्न सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

20th agm panchakanya sahakari nuwakot dabalikhbar

सहकारीका अध्यक्ष रमेश श्रेष्ठले वार्षिक प्रगती प्रतिवेदन तथा चालु आर्थिकवर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले आर्थिक समृद्धिको सहकारी मर्जर अहिलेको आवश्यकता रहेको हुनाले संस्था मर्जरको लागि अघि बढेको जानकारी दिए । राज्यले अविलम्बन गरको “समृद्द नेपाल सुखी नेपाली”को दीर्घकालीन योजना अनुरुप संस्थाले लघुकर्जा मार्फत विशेष कार्यक्रम चालुआर्थिक वर्षमा संचालन गरिने जानकारी दिए ।

उनले सदस्यहरुको सुविधाको लागि चालुआर्थिक वर्षदेखि अनलाइन पेमेन्ट गेटवे “आएमई पे” मार्फत डिजिटल भुक्तानी तथा कारोबार गर्न सकिने जानकारी दिए। जसबाट घर तथा कार्यालयको बिजुली, टिभी, फोन, इन्टरनेट, फोन/मोबाइल रिचार्ज, स्कूल शुल्क, बस तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई टिकट समेतको भुक्तानी गर्न सकिने छ ।

सहकारीको गत आर्थिक वर्षमा खर्चतर्फ १ करोड ३० लाख ४८ हजार ४ सय २७ र आम्दानीतर्फ १ करोड ३८ लख २९ हजार ३ सय ५४ रहेको छ भने कुल बचततर्फ ७ लाख ८० हजार ९ सय २७ रहेको छ । त्यस्तै, कुल सेयर पुँजी ७९ लाख ४३ हजार ५ सय रहेको छ । सहकारीले ११ करोड १७ लाख ९० हजार १ सय ९४ निक्षेप संकलन गरी १० करोड ४१ लाख ८८ हजार ९ सय ८८ रुपैंयाँ फिर्ता गरेको थियो भने १० करोड ९६ लाख ४८ हजार ७ सय २ रुपैंयाँ फिर्ता गर्न बाँकी रहेको छ ।

सहकारीमा ५१९ महिला र ५२३ पुरुष गरी कुल  १ हजार ४२ शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top