२०८१, १४ बैशाख शुक्रबार

औद्योगिक क्षेत्रमा नुवाकोटका कुन पालिकाले कति फड्को मार्यो?

    मंसिर १७ २०७६ १६:३९


industries nuwakot data report

विदुर – प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले नुवाकोटमा ३० हजार १ सय २९ जनाले रोजगारी पाएको तथ्यांकमा उल्लखे गरिएको छ । जसमा १२ हजार ५६ महिला र १८ हजार ७३ पुरुषले रोजगारी पाएका छन् ।

गत वर्षको वैशाखदेखि जेष्ठसान्तसम्म (दुई महिना) गरिएको स्थलगत तथ्याङ्कअनुसार संस्था/उद्योगबाट कृषि/माछापालन २६५८, खानी/उत्खनन ३८२, निर्माण/उत्पादन ५०९६ रहेको तथ्याङ्क कार्यालयका प्रमुख नरेन्द्र शर्माले दिनुभयो । त्यस्तै, बिजुली/ग्यास १२, पानी आपूर्ति २५, थोक/खुद्रा व्यापार ३६८७, आवास/खाना १२४२, वित्तीय/बीमा २६५, शिक्षा ५६७, मानव स्वास्थ्य/सामाजिक कार्य २४७, कला/मनोरन्जन २६ र अन्यमा सेवा गतिविधिहरूबाट ६२४ जनाले रोजगारी पाएका छन् ।

पालिकागत तथ्याङ्क अनुसार विदुर नपामा ३०१०, बेलकोटगढी नपामा ९४९, दुप्चेश्वर गापामा ७६० ताँदीमा ५६४ सूर्यगढीमा ४०४, किस्पाङमा ४०९, म्यागङमा ४०४, तारकेश्वरमा ३९१ लिखुमा ५९४, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० व्यावसायिक सँस्था रहेको छ ।

नुवाकोटमा कृषि/माछापालन ७५२, खानी/उत्खनन २१, निर्माण/उत्पादन११९६, बिजुली/ग्यास १२, पानी आपूर्ति २५, थोक/खुद्रा व्यापार ३६८३, आवास/खाना १२४२, वित्तीय/बीमा २६५, शिक्षा ५६७, मानव स्वास्थ्य/सामाजिक कार्य २४७, कला/मनोरन्जन २६ र अन्य सेवा गतिविधिहरूमा ६२४ उद्योग/सँस्था रहेका छन् ।

व्यवसायिक कफीखेती सर्वेक्षण २०७५/७६ अनुसार कृषक/फर्म २६६, फल लाग्ने उमेर पुगेका बोट लगाएको क्षेत्रफल ३३.३ हे., फल लाग्ने उमेरका बोट ६२ हजार ९४, फल लाग्ने उमेर नपुगेका बोट लगाएको क्षेत्रफल ३१.५ हे, फल लाग्ने उमेर नपुगेका बोट ४९ हजार ४ सय ७०, फ्रेस चेरी उत्पादन (के.जी.) १ लाख ३७ हजार २ सय १ रहेका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघको पछिल्लो तथ्याङ्क अनुसार १ हजार ८ सय १८ जना उद्योग/संस्था दर्ता रहेका छन् ।

तस्बिरमा सन् २०१० देखि सन् २०१९ सम्ममा नुवाकोटका केहि स्थानको विकासबारे गुगल म्यापबाट लिइएको सचित्र हेर्न सकिन्छ । )

सदमुकाम विदुर

बट्टार बजार

त्रिशुली बजार

कोलेनी

नुवाकोट

खरानीटार

तादी

बेत्रावती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top