+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिल्ला (त्रिशुली) अस्पताल नुवाकोटको नि:शुल्क परामर्श र उपचार सेवा

जिल्ला (त्रिशुली) अस्पताल नुवाकोटको नि:शुल्क परामर्श र उपचार सेवा
डबली खबर
६ साल अगाडी

विदुर – हिंसामा परेकाहरुलाई जिल्ला त्रिशुली अस्पताल नुवाकोटको निःशुल्क परामर्श र उपचार सेवा दिदैं आईरहेको छ । अस्पतालले विगत २ बर्षदेखि अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन गर्दै आइरहेको छ ।

लैङ्गिकताको आधारमा हुने शारिरिक, मानसिक, यौनजन्य दुर्व्यवहार, सामाजिक कुरितीजन्य व्यवहार, कुटपिट, धाकधम्कीबाट पिडित रहेका व्यक्तिहरुको लागि निःशुल्क सेवा दिदै आएको छ ।

हालसम्म आएका पिडितहरुलाई औषधी उपचार, यातायात खर्च एम्बुलेन्स भाडा, तथा कपडाको समेत व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

हिंसामा परेकाहरुलाई हाल अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले पिडित तथा पिडकलाई मनोसामाजिक परामर्श, कानुनी परामर्श र उपचार, सुचना शिक्षा तथा सशक्तीकरण, सुरक्षित आश्रय सहितको सेवा केन्द र पुनर्स्थापना कार्य गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ