+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ग्लोबल आईएमईको भुक्तानीको नयाँ शैली

global ime bank qr code scan distribute to merchant in nuwakot
डबली खबर
६ साल अगाडी

विदुर । ग्लोबल आईएमई बैंक विदुर शाखाले नुवाकोटमा डिजिटल बैंकिङमा थप नयाँ सेवा बिस्तार गरेको छ। बैंकले क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो ।

डिजिटल भुक्तानी जीआईबियल क्युआर कोड स्टांडी वितरण गरेपछि बैंकका ग्राहकहरुले किनमेलमा वितरण गरिएको कुनै पनि व्यापारीक मल, पसल, विद्यालय लगायतका स्थानहरूमा ग्लोबल स्मार्ट मोबाईल एप्प स्क्यान गरी भुक्तान गर्न सकिने बैंकका शाखा प्रबन्धक गंगा बहादुर रोक्काले जानकारी दिएका छन् ।

हातमा पैसा लिएर समान गर्ने चलनलाई डिजिटल बैंकिङको नयाँ प्रविधिको क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने भएकोले जीवनशैली परिवर्तन गर्दैछ ।

बैंकले प्रशंसा बुक्स एण्ड स्टेशनरी, प्रतिक बुक्स एण्ड स्टेशनरी, शुलाक्षणा मोबाईल सेन्टर, युनिभर्सल कम्प्युटर सप्लायर्स, ब्ल्यांक नेम सप् गरी दश व्यापारिक स्थानमा प्रदान गरिएको रोक्काले जानकारी दिए । साथै थप २५ भुक्तानी काउन्टर वितरण गर्ने लक्ष्य रहेको बैंक प्रवन्धक रोक्काले जानकारी दिए ।

बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउने छन्। बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नुपर्छ। यसबाट क्युआर कोड जेनेरेट गरी त्यसमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन् ।

मर्चेन्टले भुक्तानी काउन्टरमा क्युआर कोड भएको स्टिकर पनि राख्न सक्छन्। जसलाई ग्राहकले मोबाइल एपको बिकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न मिल्छ ।

सेवा प्रयोगका लागि स्मार्ट फोन भने अनिवार्य छ। बैंकको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७० शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ