२०७९, ३ जेष्ठ मंगलवार

सामाजिक सञ्जालको सामाजिक लागत

    श्रावण ५ २०७६ ०९:०९

Uday Ranamagar
nuwakot trishuli graphic web media service 2020

सीमाविहिन अर्थतन्त्रको विकाससगै सामाजिक तथा सास्कृतिक संस्कारहरु पनि चाँडो चाँडो परिवर्तन हुदै आइरहेको छ ।

सामाजिक सञ्जालको मुल काम नै सरकारलाई कमजोर बनाएर लाने तर्फ प्रयोग हुदै आएको छ । नकारात्मक सन्देश फैलाउने र समाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ अग्रसर छ । व्यक्तिको विचारले मानिसलाई काम तर्फ डोरयाउछ कामले बानी व्यवहोरा तर्फ लाग्दछ । बारम्वार दोरयाएर गरिने कार्यबाट मानिसको बानी वा स्वभावको निर्धारण हुन्छ । असल बानीहरु अप्नाउन कठिन हुन्छ तर खराव बानी अपनाउन सजिलो हुन्छ तर यसले जीवनलाई कस्ठप्रद बनाई दिन्छ र समाज पनि त्यसको शिकार हुन जान्छ । व्यक्तिको आनीवानी कार्यव्यवहारबाट नै समाजको स्वरुप निर्धारण हुन्छ । अर्को शव्दमाभन्दा समाजको रहनसहन, सामाजिक संस्कार, सामाजिक मूल्य मान्यता, प्रथा तथा प्रचलनले व्यक्तिको व्यवहार निर्धारण गर्दछ । व्यक्तिको सोचाइ, भोगाई आनीवानी र व्यवहार मुलतः सामाजिक मूल्यमान्यता तथा प्रचलनबाट बढी प्रभावित हुने गर्दछ । व्यक्तिको स्वभाव भनेको समाजको प्रतिविम्व हो । हाम्रो समाज जस्तो छ सोही अनुसार त्यस समाजमा बस्ने मानिसको व्यवहार निर्धारण हुन्छ । विश्वमा रहेका करिव २०० जति देशहरुको जनताको आ आफ्नै संस्कार, प्रथा तथा प्रचलन रहेको हुन्छ त्यसैले ती र त्यस्ता देशहरुको मानिसहरुको वीचको व्यवहार संस्कार एकआपसमा फरक फरक रहेको हुन्छ । व्यक्तिको व्यवहारको परिवर्तन समाजले निर्धारण गरेको सस्कारले गर्ने गर्छ भने सस्कारको परिवर्तन प्रविधिको विकास र प्रयोगसगै अलि छिटो हुने गरेको छ । सीमाविहिन अर्थतन्त्रको विकाससगै सामाजिक तथा सास्कृतिक संस्कारहरु पनि चाँडो चाँडो परिवर्तन हुदै आइरहेको छ । अझै पश्चिमा देशहरुमा यसको प्रवृत्ति अझ बढी रहेको पाइन्छ । विश्वव्यापिकरणको कारणले विश्वमा विकसित प्रविधिको प्रयोग हाम्रो जस्तो पूर्वीय दर्शनबाट प्रभावित देशको सस्कारमा पनि पर्न थालेको छ । आधुनिकताको भिडमा संस्कार र सभ्यतालाई भुलेर आफ्ना अस्मिता आफै लुटायौं भने सामाजिक लागत बढ्न जान्छ ।

नेपाल प्रहरीमा दर्ता भएका साइवर क्राइमका घट्नालाई साक्षि राखेर यसको निर्मम् रुपमा समिक्षा गर्ने हो भने प्रविधिको नाममा फस्टाएको सामाजिक सञ्जालले अव व्यक्तिको गोपनियता आचरण संस्कार, समाजिक मूल्यमान्यता, सवैलाई विर्सिन बाध्य तुल्याएको छ ।

नेपालको सांस्कृतिक परम्परा र समुच्च जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठा जस्ता कार्यहरू पूर्वीय दर्शनबाट प्रभावित हुँदै आएको छ । पूर्वीय परम्परा मुलतः धर्म, दर्शन र संस्कृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । संस्कृतिले हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक संघ, संगठन, भाषा, नृत्य, संगीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, प्रचलित जनश्रुति, किंवदन्ती, काव्य, नाट्य, कथा र इतिहास जस्ता सन्दर्भलाई बुझाउँछ । हाम्रो रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तुपा, दरबार आदि जस्ता मूर्त सांस्कृतिक सम्पदाका साथै भाषा, साहित्य, संगीत, कला र सामाजिक व्यवहारहरु हाम्रा संस्कृति हुन् । यिनै सांस्कृतिक धरोहरबाट नै विगतदेखि नेपाली सस्कारको विकास र सोही अनुसारको व्यवहारको विकास र प्रयोग हुदै आएको छ । तर अहिले प्रयोगमा आएको प्रविधिको विकास र प्रयोगबाट हाम्रा सास्कृतिक मनोविज्ञानको चिरहरण भएको छ भन्ने बर्ग पनि छन् भने कतिपयले यसको प्रयोगलाई अहोभाग्यको रुपमा लिएको छ । हुनपनि प्रविधिको प्रयोगको विकास हाम्रो जस्तो पुरातनवादी समाजमा यतिचाडो विकास भएको छ कि, आजभन्दा २० बर्ष अगाडि एउटा टेलिफोनको लाइन लिन मन्त्रिसम्मको पावर लगाउन पर्ने देशमा अहिले जनसंख्या भन्दा दोव्वर सख्यामा मोवाइलका सिम बाँडिएको छ । हिजोआजतः पल्लाघरका हजुर आमा गास दाउरा गर्न जाँदा मोवाइलबाट अरवमा भएको नातिसंग संवाद गरिरहेका हुन्छन् । माइली काकी पँधेरामा पानीका स्रोत सुकेर गाग्री भर्न कठिन भएको कुरा अमेरिका रहेको छोरासँग मोबाइलमा भलाकुसारी गर्दै उक्त कुरा बताइरहेकी हुन्छिन् । प्रविधिको विकास र यसको प्रयोगले हाम्रा धेरै कामलाई सहज बनाइदिएको छ । तर यसको प्रयोग सही रुपमा नहुदा हाम्रो समाजले यसको फाइदा भन्दा दुस्कर्मलाई निम्ता दिइरहेको छ । नेपाल प्रहरीमा दर्ता भएका साइवर क्राइमका घट्नालाई साक्षि राखेर यसको निर्मम् रुपमा समिक्षा गर्ने हो भने प्रविधिको नाममा फस्टाएको सामाजिक सञ्जालले अव व्यक्तिको गोपनियता आचरण संस्कार, समाजिक मूल्यमान्यता, सवैलाई विर्सिन बाध्य तुल्याएको छ । समाजमा चोरी, ठगि, हत्याहिंसा, यौनशोषण, आत्महत्या, जस्ता घट्नाहरुमा यसको प्रयोग बृद्धि दिन दुइ गुना रात चौगुना गरेर बढेको अवस्था छ । जसको फलस्वरुप नेपालमा अपराधका घट्नहरुमा उल्लेख्य रुपमा बढोत्तरी भएर आएको छ । सामाजिक सञ्जालको कारणले गर्दा पारिवारिक विखण्डनको साथै आत्माहत्या गर्नेको सख्यामा समेत बढोत्तरी भएको छ । विश्वको सवैभन्दा बढी आत्माहत्या गर्ने देशको सूचीमा नेपाल हाल सातौं स्थानमा रहन गएको छ । यसले नेपालमा बढ्दै गएको सामाजिक सञ्जालको प्रयोगले फाइदा भन्दा बढी बेफाइदा त गरेको छैन भन्ने विषय थप अध्ययनको विषय बन्न गएको छ ।

अझ अनौठो कुरा के छ भने २ जना ११ बर्ष मुनिका बालक छ्न् जो जवरजस्ती करणीको अपराधमा पूर्वपक्ष्यमा थुनामा छन् यसले के साँच्चै ती बालक करणी गर्न योग्य छन् र करणीको आसयबाट नै यो घट्ना भएको हो त ?

बैदेशिक रोजगारीको लागि नेपालबाट ५० औ लाख यूवा विदेशिएका छन् भने अर्कातर्फ स्वदेशमा नै कामको सिलसिलामा घरबाट श्रीमानहरु बाहिरिने र श्रीमतीहरु केटाकेटी पढाउने बहानामा शहरमा बस्ने र लामो समयसम्म श्रीमानसँगको सम्वन्ध र सम्पर्क नहुदा जैविक आवश्यकताको रुपमा रहेको यौनप्यास मेटाउन केटा साथी खोज्ने कार्यमा समाजिक सञ्जाल सहयोगी बन्दै आएको छ । चाहे विवाहित होस वा अविवाहित महिलाहरु सामाजिक सञ्जालको माध्यमद्वारा सजिलै एकअर्कामा सम्वन्ध गास्न सहज हुन्छ । यस्तो सम्वन्धको बारेमापछि समाजलाई जानकारीमा आएपछि समाजले यसलाई सजिलै पचाउन नसक्दा डिभोर्सको दर बढेर गएको छ भने हिसांको दर बढेको छ । छोरा छोरीहरुले आमा बाबाको स्नेहबाट टाढा हुन पुगेको अवस्था छ र अविभावकको संरक्षण नपाउँदा छोरा छोरी कुलतमा लाग्ने गरेको पिडा समाजले प्रत्यक्ष रुपमा भोग्दै आएको छ । बालसुधार गृह रुपन्देहीमा विभिन्न २१ जिल्लाका ६५ जना बालकहरु रहेका र त्यसमध्ये लागू औषधसँग सम्वन्धित अपराधमा संलग्न हुने १६ प्रतिशत, जवरजस्ती करणीमा ३३ प्रतिशत, चोरी तथा डाँकामा ३७ प्रतिशत र बाँकी अन्य अपराधमा लागेको छन् । अझ अनौठो कुरा के छ भने २ जना ११ बर्ष मुनिका बालक छ्न् जो जवरजस्ती करणीको अपराधमा पूर्वपक्ष्यमा थुनामा छन् यसले के साँच्चै ती बालक करणी गर्न योग्य छन् र करणीको आसयबाट नै यो घट्ना भएको हो त ? कि सामाजिक परिवेश तथा सामाजिक सञ्जालको दुरुपयोगको कारण यौन उत्सुकता बढ्न जादा यस्तो घट्ना घटेको होला यो विषय अनुसन्धानको विषय बनेको छ । एकातिर समाजमा मानिसहरु सिर्फ आफ्नो व्यापार र व्यवसाय तथा पेशामा व्यस्त छन् । दैनिक हुने नाफा घाटामा व्यस्त छन् । तर आफ्ना सन्ततीको बारेमा समय नदिईदा सामाजिक सञ्जाल जस्ता प्रविधिको प्रयोग सही रुपमा हुन नसक्दा भावी कर्णधारको रुपमा रहेका सन्तती कुलतमा फस्ने गरेका उदाहरणहरु प्रशस्त देखिन्छ । यसले परिवारको मात्र नभई समाजमा उत्पन्न हुने विकृतिका कारण सामाजिक लागत बढ्दै आएको छ ।

सामाजिक सञ्जालको मुल काम नै सरकारलाई कमजोर बनाएर लाने तर्फ प्रयोग हुदै आएको छ । नकारात्मक सन्देश फैलाउने र समाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ अग्रसर छ ।

सामाजिक सञ्जालको प्रयोग गरी यौनसाथी खोज्ने वेबसाइट नै बनाएर देह व्यापारको धन्दा चलाउने कार्य पनि नेपालको कतिपय शहरी क्षेत्रमा छ । यसले समाजलाई विकृत तुल्याएको छ भने अर्कातर्फ सामाजिक सञ्जालको मुल काम नै सरकारलाई कमजोर बनाएर लाने तर्फ प्रयोग हुदै आएको छ । नकारात्मक सन्देश फैलाउने र समाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ अग्रसर छ । कहिले व्यक्तिको निजात्मक विषयलाई सामजिक सञ्जालको माध्यमले नंग्याउने त कहिले समाजको सानो घट्नालाई बढी मलजल गरेर समाजिक आक्रोसलाई बढावा दिन कार्यमा समेत उद्दत छ । समाजमा घटेका राम्रा कुराहरुको सामाजिक सञ्जालमा शेयर र कमेन्ट थोरैले गर्दछ तर नकारात्मक कुरालाई करिव ९० प्रतिशत भन्दा बढीले तुरुन्त शेयर गरेर नकारात्मक सन्देलाई फैलाउदै सामाजलाई नकारात्मक तर्फ लगिदै आएको छ । जनताका नाममा पस्कने जतिपनि सामाजिक सञ्जालको खेति छ त्यसको गलत प्रयोगले केही वर्गको क्षणिक स्वार्थ त पुरा होला तर आज उक्साएर पल्काएको मान्छे खान पल्काएको बाघले भोलीका दिनमा बाघ पल्काउने बर्गलाई पनि बाँकि राख्दैन भन्ने कुरामा त्यो वर्ग सचेत छैन । समाजमा धर्मको नाममा होस वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्तत्वगोत्वा समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजिक सञ्जालहरुको प्रयोग जसरी बढ्दै छ त्यसलाई व्यवस्थापन गर्न चुनौती बनेर आएको छ । यसले नेपाली सामाजिक मनोविज्ञानलाई तहसनहस बनाउदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दो छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता नअप्नाउने हो भन्ने यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हर कार्य सहानुभुति समान अर्थहीन रहन्छ भन्ने कुरा सोचौ र यसको सवल पक्षको प्रयोग गर्दै सामाजिक मनोविज्ञानलाई सकारात्मक परिवर्तन र विकासको संवाहकको रुपमा प्रयोग गर्ने गराउने कार्यमा लागौ । यसको लागि सामाजिक अभियन्ताहरुको पनि त्यतिकै ठूलो भूमिका हुन्छ । यदि यसो गर्न सकिएको खण्डमा सामाजिक सन्जालको सही प्रयोग गरी समाजको रुपान्तरण र विकास गर्न सकिन्छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top