+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रदेशस्तरीय योजनाको बारेमा छलफल

प्रदेशस्तरीय योजनाको बारेमा छलफल
डबली खबर
६ साल अगाडी

विदुर / आगामी आर्थिक वर्ष ३ नं. प्रदेश सरकारले नुवाकोटको क्षेत्र नं. २ मा सञ्चालन गर्ने योजनाको बारेमा विहीवार विदुरमा छलफल भएको छ ।

आ.व. २०७६/०७७ मा ३ नं. प्रदेशले सञ्चालन गर्ने योजनाको बारेमा नुवाकोट क्षेत्र नं. २ अन्तर्गत रहेका पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सरोकारवालावीच छलफल गरिएको हो । कार्यक्रममा सुझाव व्यक्त गर्दै संघीय तथा प्रदेश सांसदहरुले विकास योजना छनौट र कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिहरु पूरानै शैलीमा प्रस्तुत हुँदा संघीयता कार्यान्वयनमा समस्या रहेको बताएका छन् । ‘देशमा तीन वटा सरकारले काम गरिरहेको छ, प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले भने – ‘ हामी पहिलेजस्तै बजेट पाइन्छ कि भनेर लोभ गरिरहेका छौं।’ खतिवडाले कुन योजना स्थानीयले गर्ने कस्ता खालका योजना प्रदेशमा पठाउने र कस्ता योजना संघीय सरकारसँग माग्ने भन्ने विषय जनप्रतिनिधिहरुले बुझ्नुपर्ने स्पष्ट पारे ।

‘कृषिमा युवा आकर्षण कसरी गराउन सकिन्छ,उद्योग कलकारखानाको विकासको लागि स्थानीय तहले बनाउने हरेक योजनामा संघीय सरकार तथा प्रदेश सरकारले सघाउन तयार छ’ सांसद खतिवडाले भने – ‘तर, दुई वर्षको समयमा पनि स्थानीय सरकारको तर्फबाट यस्तो खालको योजना र कार्यक्रम माग नहुनु दुखद पक्ष हो ।’

कार्यक्रममा प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले स्थानीय सरकारले गरेका राम्रा र रचनात्मक कामको अनुगमन गर्ने अवसर जुटाइदिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय योजना छनौट प्रक्रियमा संघीय तथा प्रदेश सांसदलाई बोलाउनुपर्ने भएपनि जनप्रतिनिधिले नबोलाउने गरेकोमा दुःख व्यक्त गरे ।

प्रदेशसभा सदस्य केशव पाण्डेले प्रदेश आगामी वर्षको लागि एउटा प्रदेश क्षेत्रमा १० करोड देखि ५० करोड सम्मको ठूला योजना, ५० वाख देश १० करोडसम्मका मझौला र एक करोड सम्मका साना योजना छनौट गर्न आग्रह गरे । प्रदेशसभा सांसद आशामाया तामाङले स्थानीय तहको काम योजनाको डिपिआर बनाएर प्रदेशलाई जिम्मा लगाउने मात्र नभई प्राथमिकता निर्धारण गरेर प्रदेश, संघ र स्थानीय सरकार गर्ने योजनाको बारेमा स्पष्ट हुनु जरुरी रहेको बताए । १० लाख रुपैयााकै योजना पनि प्रदेशले गरिदिन्छ भन्ने भावनाबाट माथि उठ्न स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह गरिन् ।

कार्यक्रममा नेकपाका प्रतिनिधि रामशरण प्याकुरेलले पूरानै शैली, प्रक्रिया र सोचले नहटेसम्म संघीयता कार्यान्वयनको बाधक हुने बताउँदै प्रणालीगत त्रुटीलाई सच्याउने काम गर्न सुझाव दिए ।

योजना तुर्जमा छलफल कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डित , उप प्रमुख गिताकुमारी दाहाल, वेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुङ्गाना, तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश ओस्ती, उपाध्यक्ष तारादेवी रिमाल, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलगायतले आफ्नो नगर तथा गाउपालिकाको विकासका लागी सडक खानेपानी कृषि स्वास्थ्य रोजगारको स्तरउन्नतीका योजना बुझाएका छन् । यस्तै वडा अध्यक्षहरुले पनि वडामा आवश्यक रहेका योजनाहरुको सुची बुझाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ