२०८१, १२ बैशाख बुधबार

कर्मचारीको अभाव झेल्दै स्थानीय सरकार

    बैशाख ७ २०७६ १०:५०

Nuwakot Staff Government Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटका अधिकांश पालिकाहरुमा कर्मचारीको अभावको कारण जनआकांक्षा अनुसार विकास निर्माणको काम अघि बढ्न नसकेका सरोकारवालाहरुले बताएका छन् । दीर्घकालील महत्वका योजनाको कमी, प्राविधिकको अभाव, उपभोक्ता समितिमा विवाद, क्षमता विकासका कार्यक्रम सञ्चालन नगरिनु जस्ता समस्याका कारण पालिकाहरुमा काम गर्न समस्या भएको सरोकारावालाहरुको भनाई रहेको छ ।

संवाद समूह नुवाकोटले जिल्लाको लिखु, दुप्चेश्वर, सुर्यगढी र ककनी गाउँपालिकामा सञ्चालन गरेको योजना निर्माण, कार्यान्वयन तथा सेवा प्रवाह विषयक संवाद कार्यक्रममा बोल्दै अधिकांश गाउँपालिकाहरुले कर्मचारीको अभावका कारण काम गर्न असहज भएको बताएका छन् ।

स्थानीय सरकार बनेको लामो समयसम्म आवश्यक ऐन नियम कानुन तर्जुमा गर्दा विकासले गति लिन नसकेको अध्यक्षहरुको भनाई छ । विकास निर्माणका योजना सञ्चालनको लागि आवश्यक प्राविधिक स्टमेट, मुल्यांकन वडास्तरबाटै हुन सकेमा विकासको गति अझै बढ्ने उनीको धारणा रहेको छ ।

शुक्रवार ककनी गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष मानबहादुर लामाले ककनी गाउँपालिकाभित्रका सम्पूर्ण सडक आफ्नो कार्यकालभित्रै स्तरोन्नतीको काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको बताए । उनले कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको ककनीलाई सडक स्तरोन्नतीका साथै कृषि र पर्यटन पूर्वाधार निर्माणमा पालिकाको बजेट केन्द्रीत रहेको बताए । उपाध्यक्ष सीता लामा खतिवडाले केही वाध्यात्मक परिस्थितिका कारण कतिपय वडाहरुमा टुक्रे योजनामा केन्द्रीत हुनु परेको बताउँदै आगामी दिनमा टुक्रे योजनालाई घटाएर प्राथमिकता निर्धारण गर्ने र आवधिक योजना निर्माणको तयारीमा गाउँपालिका जुटेको बताइन् । उनले आगामी वर्षदेखि नै आवधिक योजना निर्माणमा अघि बढ्नको लागि पालिकाले तयारी गरिरहेको धारणा राखिन् । कार्यक्रममा ककनी गाउँपालिकाका ८ वटै वडाका वडाअध्यक्षहरुले कर्मचारी समायोजनको अलमलका कारण वडामा सञ्चालित योजनाहरु भर्खरै निर्माणको चरणमा रहेको बताएका थिए । आर्थिक वर्षको समाप्तीतिर योजना कार्यान्वयन गर्दा विभिन्न समस्याहरु आइपर्ने भएपनि प्राविधिकको अभावमा योजनाले गति लिन नसकेको बताएका थिए ।

छलफलका क्रममा सहभागीहरुले योजना छनौट तथा बजेट बिनियोजन समानुपातिक हुनुपर्ने, अनुगमन कार्यलाइ थप प्रभावकारी बनाउनुपर्ने, प्राबिधिकहरुको सेवालाई चुस्त बनाउनुपर्ने, पर्यटन प्रबद्धनमा टेवा पुग्ने खालका योजना छनौट गर्नुपर्ने विद्यालय सुधार योजना कार्यान्वयन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए । सहभागीहरुले योजना छनौट गर्दा ठुला योजनालाई प्राथमिकता दिई दिगोपनमा ध्यान दिई अनुगमनलाई प्रभावकारी बनाउन सकिए कार्यान्वयनमा समस्या नहुने बताएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top