-सोनिका खनाल
१ सय ४ बर्षको जहानियाँ राणाशासन अन्त्य गरेको, १० बर्षे जनयुद्धलाई शान्ति यात्रामा ल्याएको उत्साह, अनि पछिल्लो निर्वाचानमा बेहोर्नु परेको हार र अनेक सफलता र असफलताको शिखर र फेदीमा पुगेको नेपाली काँग्रेस देश र जनताको नाममा आज भोलि सडकदेखि सदनसम्म उफ्रिन भ्याएको छ ।
के हिजोको ईतिहास राम्रो छ भन्दैमा आजका आम नेपाली बिद्यार्थीहरुले त त्यसको पछि लाग्नु पर्छ भन्ने छैननी । प्रतिनिधिसभाको निर्बाचनमा हार व्यहोरेपछि सदनमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेस । के हिजोको दिनमा बहुमत ल्याउदा काँग्रेसले अरु साना पार्टीहरुलाई कस्तो ब्यबहार गरेको थियो । प्रतिपक्षमा रहेका साना दलहरुलाई हुरी लगाएर बढार्न खोजेकै थियो । आज त्यसैको उपजको रुपमा नेपाली काँग्रेस पिल्सिएको छ ।
हरेक गाउँ, जिल्लाबाट न्यायका लागि बोल्न अगाडि सरेको काँग्रेसको नारा वा माग हामी सबैलाई थाहै होला । बेलाबेला शैक्षिक हड्ताल, देशब्यापी रुपमा भएको आन्दोलनको प्रत्यक्ष असर विद्यार्थीलाई परेको छ । यसरी जनतालाई दुःख दिई न्याय पनि दिने होकि फेरि संसद भवनको ढोका ढकढक गर्नुभन्दा पहिला नै मेलमिलाप हुने हो ?
प्रश्न नेपाली काँग्रेसको छाँया सरकारलाई ? गठबन्धनको सरकारले भनौ या ओलि/प्रचण्ड सरकारले माग पुरा नगरेसम्म आन्दोलन गरि राख्ने नेपाली काँग्रेसको माग, अनि उता काँग्रेसलाई सिनित्तै हुने गरी बढार्ने दाउ बामहरुको । यो बिचमा को छन् त । छन् त केबल सोझा जनता अनि हामि विद्यार्थी । हिजो दिनमा काँग्रेस आफै हुकुमको एक्का हुँ भनेर हिडेको थियो । आज अन्य पार्टीले चिडि वा ईट्टाको दुवा बनाएको छ । यसको जस् त ति काँग्रेसीहरुले नै त होनी लिने । सँधै हुकुमको एक्का बन्न खोज्ने काँग्रेसको यस्तै रबैयाँका कारण ईटको दुवा भएको बेलामा समेत हुकुमको दुवा लगाई दिए बाम सरकारले । र यसै गरि पल्टाईदिए नेपाली काँग्रेसलाई । प्रतिपक्षमा रहेर पानको एक्का बनेको नेपाली काँग्रेसलाई सभामुखबाट पहिलो खेल–चिकित्सा विद्यायक) मा नै हुकुमको दुवा लगाईदिए । सरकारमा हुँदा हुकुमको एक्का अनि सरकार बासहिर रहँदा समेत एक्का नै बन्न खोजे पछी कसको के लाग्छ ।
न्यानका लागि बोल्नु राम्रो हो, सदन र सडक तताउनु पनी पर्छ न्यायको लागि । तर हामी जस्ता विद्यार्थी पठनपाठनमा अवरोध, सवारी साधन बन्द, सरकारी काममा अस्थिरता, बिहान बेलुकी काम गरेर भोको पेट पाल्ने मजदुर, गरीब किसानहरु ज्यामी किसानहरुका लागि पनि मध्यनजर गर्दै अगाडि जानू उपयुुक्त हुन्छ । न्याय दिनको लागि अन्याय सिर्जना गर्नु र नकारात्मक असर दिने कामलाई प्रश्रय दिनु त केबल नालायकि पन नै होला ।
न्यायको लागि हामी विद्यार्थी पनि सडकमा उत्रिन तयार छौं । तर ब्यबस्थित र अरुलाई जनताको जीवनमा असर नगर्ने गरि । सम्बन्धित निकायसम्म ध्यान जाने गरि । एउटाको लागि हजारौं नेपालीले दुःख पाउनु राम्रो होइन । तै पनि के थाहा त्यो सब जनताको लागि हुनेछ भन्ने ? जनताको भरोसा तोडेको जुन सरकार छ । हजारौं सुख सुबिधा रहेको मुलुक नेपाल पनि हो । तर भ्रष्टाचार मौलाएको बेला सरकारले मुलुकलाई सहि दिशा तर्फ लान सकेन । सयौं रोजगार सिर्जना गर्ने ठाउँ छ । तै पनि सरकारले दिन सक्ने र लाखौं युवा बिदेशीन बाध्य भएका छन् ।
काँग्रेस मात्रै नभनु नेपालमा रहेका सबे राजनितिक पार्टिका नेतृत्वहरु आफुले भने अनुकुल नभएमा आन्दोलन रे । हुन त त्यसै राजनितिक दलमा आस्था राख्ने हामी विद्यार्थीहरु पनि कति सम्मका छौँ । यता पनी विचार गरौँ । न्याय कसका लागि हो र कती जनाको भन्ने बुझ्दै नबुझि हुरुरु सडकमा ढुंगा र लाठि लिएर उत्रिने भेडाको बखानलाई तह लगाउने संयन्त्र पनि खाँचो छ होला ।
नेताका आखाँ सांसद भवनमा रहेका विभिन्न पदका कुर्सीमा रह्यो । झगडा गर्दै पद लिए तर केही गर्न सकेनन् देश र जन्ताको लागि । बिदेशी युवाले गरेको दुख हेरि रहे । तर केही गरेन् । बिदेशी रेमिटेन्समा देश बनाउन लाग्ने भ्रष्ट बुद्धि भएको सरकार भनौँ या पद ओगटि सांसद भवनमा पेट पल्टाएर वा जाडोको घाम ताप्दै बसेका नेता ज्युहरु प्रश्न यो होकि न्याय कसले मात्र पाउने हो ? किन भने कानुनमा त भेदभाव नगरीकन न्याय दिने ब्यवस्था छ तर लागू भएन नि ? किनकि निर्मला पन्तको हत्याकाण्ड खुल्न अझै सकेन किन त ? किन हजुर हजुरको पावर जान्छ या नाम खराब होलान् भनि डरले ? ३३ किलो सुन काण्ड बाहिर आउन नपाउदै दबाइयो किन ? पावर र पोस्टमा हुनेलाई त कुनै कानुन हुन्न जस्तो देखिन्छ नि ? निर्दोस् बोल्न नसक्ने पावर नभएको जनताको लागि मात्र हो सजाय र कानुन ?
यसरी देश बनाउने बेलामा नेता सुतेर बसेको किन ? सभा समाहरोहमा पुग्दा ठुला ठुला भाषण किन दिनु पूरा गर्न नसक्नेले ? भोट माग्न जादा कुन मुख लिएर जनताको घर दैलोमा जाने लाज लाग्दैन ? अझै पनि समय छ परिवर्तन तर्फ लाग्नुस नेताहरु । साच्चै केही गरि नाम राख्न कोसिस गर्नु छ भने । आन्दोलनमा उत्रिएका काङ्ग्रेस र अरु बाँकी पार्टी या सिङ्गो सरकार लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको खोजी गरी समात्नेनै हो भने, बाइडवडिमा ४ अर्वको भ्रष्टाचार गर्नेलाई र लडाकु शिबिरमा ६ अर्व खानेलाई र आयल निगममा १८ करोड खानेलाई अनि एनसेलमा ६३ अर्व अनि बुढिगण्डकी को ९ अर्व खानेलाई समात्न तत्पर हुनुपर्यो । निर्मला पन्तलाई न्याय देऊ हिम्मत छ ? हैन भने गरिब जनताले बिदेशमा रगत, पसिना कमाएर ल्याउने रकम, गरिवको पसिना, विद्यालयमा विद्यार्थीको पढाइ, जनतालाई र जनताको न्यायलाई नलुट ।
आफ्नु अनुहारमा दाग हुँदा उनैमा फोहोर छ सफा गर भन्दै आदेश जारी गर्ने नेपाली नेता र खुरुक्क उैना पुछ्न जाने हामि जनता कति दिन सम्म यस्तै हेरेर बस्ने । यदि साँच्चै आफ्नो छातीमा हात राखेर राष्ट्रियताको भाब झल्काउन खोज्छौँ भने उठौ र शान्ति पुर्ण तबरले आफ्ना माग पेस गरौँ । होईन भने सडक र सदनमा ढुंगामुढा गरेर हुने वाला केहि छैन् । शिक्षालय बन्द गर्ने, सडकमा उत्रिने र रगत पसिना बगाउने हामि बिद्यार्थिलार्य प्रहरी र राज्यको बिचमा ढुंगामुढा बिचको अचानो बनाएइर रमिता हुर्ने सबे राजनितिक दलहरु प्रति, सलाम । कतिञ्जेल विद्यार्थीलाई तरबार बिरुद्ध ढाल बनाएर सडकमा उतार्छौ । सक्छौ भने तरबारलाई म्यानमा राख्न सिकाउ होईन भने बिद्यार्थीलाई सडकमा उतार्ने र शिक्षालय बन्द गर्ने धम्कि र बिरोधाभासको आकाङक्षा नगर ।
मदानपुर ९, बेल्कोटगढि नगरपालिका, नुवाकोट
हाल काठमाडौ
(नोटः मेरो मनमा लागेका जिज्ञासालाई प्रस्फुटन गरेकी हुँ । अन्यथा नलिन सबैमा अनुरोध गर्दछु ।)
प्रतिक्रिया