२०८१, १३ बैशाख बिहीबार

रिलायन्स लाईफ इन्स्योरेन्स सञ्चालनमा

    मंसिर ११ २०७५ १६:२९

reliable life insurance nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / आजबाट रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले बट्टारस्थित संगमचोकबाट ४८औं शाखा विस्तार गरेको छ । “खुलेर जिऔं” भन्ने नाराका साथ सञ्चालनमा आएको कम्पनीको ६ वटा जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सेवा सम्बन्धि सुविधाको लागि मोबाईल एप्स समेत संचालन ल्याएको छ ।

reliable life nuwakot opening

कम्पनीका अध्यक्षमा ताराचन्द केडिया र सञ्चालकमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी, पवन कुमार अग्रवाल र सुन्दर प्रसाद कडेल रहेका छन् । कम्पनीमा ११३ जना प्रवर्धक रहेका छन् । हाल संस्थापकबाट रु.२ अर्ब १० करोड पूँजी र रु. १ अर्ब ४७ करोड चुक्ता पूंजी रहेको छ ।

कम्पनीले जीवन बीमाको व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप-शाखा कार्यालयहरु विस्तारलाई प्राथमिकतामा राखी हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा सुखमय बनाउन सहयोग पुर्याउने उद्देश्य रहेको पनि कम्पनीको भनाई छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top