२०८१, १२ बैशाख बुधबार

लोकप्रिय बन्दै भट्भटे एक्सप्रेस !

    मंसिर १ २०७५ ०७:११

vehicle rental in nuwakot trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटमा दुई पांग्रे ट्याक्सी अर्थात् भट्भटे एक्सप्रेस प्रतिदिन लोकप्रिय बन्दै गएको छ । अहिलेको युवाहरुलाई मोटरसाइकल मनोरञ्जन र जीवनशैलीको लागि अत्यावश्यक भइसकेको छ । मनोरञ्जन र जीवनशैलीलाई व्यवसायमा रुपान्तर गर्दै विदुर नगरपालिका विदुरका तीन युवाले सुरु गरेको व्यवसाय हो – भट्भटे एक्सप्रेस । “सेवा छिटो, छरितो र सस्तो” हुनुको साथै कुशल चालक, अनुभवी र लाईसेन्स होल्डर भएकाले छोट्टो समयमै लोकप्रिय बनेको हो ।


चाडपर्वमा सार्वजनिक साधनमा यात्रुहरुको चाप र सवारीसाधनको अभावमा आफ्नो गन्तव्यमा पुग्न कठिनाईको समस्यालाई देखेर सुरु गरेको व्यवसायले सदमुकाम विदुरमा सरकारी कार्यालयका सेवाग्राही कार्य सकाएर आफ्नो घर फर्कने चाहनेहरुको पहिलो छनौटमा परेको भट्भटे एक्सप्रेसका युवा व्यवसायी विक्रम तिमल्सिनाले बताउनुभयो । एकै दिन कार्य सम्पन्न हुने नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र, नाताप्रमाणित, स्वीकृतीपत्र, व्यवसाय दर्ता, उजुरी, प्यान दर्ता लगायतका कार्य सम्पन्न गरी घर फर्कनेको रोजाईमा परेको तिमल्सिनाले बताउनुभयो । नुवाकोट, रसुवा र काठमाण्डौका विभिन्न स्थानमा लैजाने र पुर्याउने सेवाको साथै सरकारी कार्यको लागि मात्र नभई व्यक्तिगत कार्य प्रयोजनको लागि समेत सेवा लिन सकिने तिमल्सिनाले बताउनुभयो ।

समान ओसारपसार अर्थात् होम डेलिभरीको सेवा समेत संचालन गरेको उक्त व्यवसायले अहिले गंगटे, बट्टार, विदुर, ढुंगे, त्रिशुली, कोलेनी लगायत नजिकका स्थानहरुमा सेवा प्रदान गर्दै आएको अर्का युवा व्यवसायी निरज बस्नेतले बताउनुभयो । सवारीसाधनको अभाव वा व्यस्तताको कारणले विवाह, जन्मदिन, वार्षिकोत्सव, उत्सव होस् या उल्लासको आवश्यक पर्ने सामग्री उपहारकेक अर्डर बट्टार र कोलेनीबाट  घरसम्म होम डेलिभरी गरि रहेको बस्नेतले बताउनुभयो । जसले गर्दा ग्राहकको उल्लासमा खुशी छर्न सफल भएकोले सबैको मनमा बस्न सकेको हो । भट्भटे एक्सप्रेसले नुवाकोटको पहिलो अनलाईन किनमेल “ह्याप्पी पसल” सँग होम डेलिभरी को लागि पहिलो सम्झौता गरेको छ । जसबाट ग्राहकले सजिलैसंग घरमै बसी अनलाईनमा रहेको समान खरिद गरि घरैमा प्राप्त गर्न सक्नेछ ।

मोटरसाइकलबाट यात्रुकाे गन्तव्यसम्म पुर्याउने सेवाको साथै चार पाङ्ग्रे सवारीसाधनको सेवा पनि ल्याएको अर्का युवा व्यवसायी श्रीजयजंग पाण्डेले बताउनुभयो । जसले व्यवसायिक रुपमा भेहिकल रेन्टलको सेवा प्रदान गरेको छ । विदामा घुम्न, मन्दिर दर्शन, साथीहरु भेटघाट लगायतका अविस्मरणीय क्षणलाई समेत सहज बनाउने माध्यमको रुपमा भट्भटे एक्सप्रेस स्थापित भएको छ । सवारीसाधनको अभावमा व्यक्तिगत तथा व्यवसायिक कार्य गर्न असहजलाई सहज बनाई  जीवनशैलीमा परिवर्तन गर्ने भट्भटे एक्सप्रेस ले लिएको छ ।

विदुरको पर्यटन विकासको लागि गत तिहारको अवसरमा सम्पन्न भएको “राइड एण्ड सेलिब्रेट तिहार” कार्यक्रम समेत भट्भटे एक्सप्रेस ले सहभागिता जनाईसकेको छ । उक्त कार्यक्रममा विदुरका सम्पूर्ण स्थानमा मोटरसाइकल र्याली गरेको थियो ।

सेवा कसरी लिने?

९८६२-४५५५५६ मा फोन गरेपछि तपाईको गन्तव्य र तपाई भएको स्थानको दुरी (किलोमिटर) अनुसारको सेवा शुल्क निर्धारण पश्चात् तपाई भएको स्थानमा भट्भटे एक्सप्रेस का चालक आउने छ र तपाईको गन्तव्यमा पुर्याउने छ । नुवाकोटमा सञ्चालित यो सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने गर्दछ । फेसबुक
पेज https://www.facebook.com/bhatbhatexpress/ मार्फत् पनि बुकींङ गर्न सकिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top