२०८१, ८ बैशाख शनिबार

पितृसम्मान दिवस

    भाद्र २४ २०७५ १३:०८

Father and Son
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अहिलेको समयमा बुबालाई सम्झने सरल माध्यम सामाजिक संजाल बनेको छ । वर्षभरि जेजस्तो भएपनि आजको दिनमा बुबाको फोटो राखेर “ह्याप्पी फादर्स डे” भन्नेको संस्कार चलेको छ ।

वैदेशिक पढाई, कामकाज र समयको कारण बुबालाई भेट्न नसक्नेहरुको लागि सामाजिक संजाल माध्यम बनेको छ, बुबासंगको नाजिकता र सामिप्यता । तछाडमछाड नै देखिन्छ, सामाजिक संजालको प्रमुख मानिने फेसबुकमा आफ्ना बुबाको फोटो राखेर सम्झनेहरुमा । तैपनि कतिले फोनको भरमा दण्डवत गर्छन्, कतिले सामाजिक संजालको माध्यमबाट अडीयो/भीडियो कल अनलाईन गर्छन् । टाढा हुनेले अनलाईन सपिंग वेबसाईटको माध्यमबाट उपहार किनेर घरमै पुर्याउने व्यवस्था गरिदिने सेवा भएका सेवाप्रदायक अनलाईनबाट बुबाको चरण स्पर्श गर्दछ । टेक्नोलोजीको प्रयोगले हामीलाई निकटतम त गरेको छ । तर देखावटी टाईमम् लाईन मै सिमित हुने परम्पराले जन्मदिने आमाबुबाको चाड सिमित नहोला भन्न सकिन्न । सधै खाईरहने परिकार अनि बढ्दो विलासी चहल बजारीले गर्दा चाडको महत्वलाई कम गराएको छ । हाम्रो समाजमा लवाईखुवाईभन्दा पनि जन्मदिने आमाबुबाको दर्शन र त्यागलाई बुझ्नु जरुरी छ । त्यस्तै, देखाई र एकदिने चाड विकृति भन्दा हाम्रो सभ्यता कहाँ गइरहेको छ भन्ने कुरा दर्शाउन्छ ।

Image may contain: text

पितृसम्मान दिवस

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

Father's Day Gifts to Nepal- Father's Day 2075 / 2018

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top