२०८१, ८ बैशाख शनिबार

हाम्रो विकास बैंकबाट बोनस शेयर जारी

    भाद्र १९ २०७५ १४:३९

Logo of Hamro Bikas Bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / हाम्रो विकास बैंकले आ.व. २०७४/७५ को आम्दानीबाट नगद र बोनस गरी कुल १० दशमलव ३१ प्रतिशत लाभांस जारी गरेको छ ।

आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई २ दशमलव ४० प्रतिशत बोनस शेयर तथा करसहित ७ दशमलव ९१ प्रतिशत नगद लाभांस वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकको खुद नाफा रु.५ करोड ४५ लाख रहेको छ भने प्रति शेयर रु.११.०९ आम्दानी कायम गरेको छ । बैंकको हालको चुक्ता पूंजी ४९ करोड २२ लाख रहेको छ । त्यस्तै, बोनस शेयर पश्चात् बैंकको चुक्ता पूंजी ५० करोड ४० लाख पुग्नेछ ।

गत भाद्र १२ गते मात्र नेपाल राष्ट्र बैंकले हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले एक्वायर गर्ने सैद्धान्तिक सहमति प्राप्त भईसकेको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top