२०८१, ७ बैशाख शुक्रबार

मिलन श्रेष्ठको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

    श्रावण ८ २०७५ २२:२६

Milan Shrestha Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट शिवपुरीका मिलन श्रेष्ठको “पसिनाले बगाएनी गाजल” तीजको गीत र गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबारबाट युट्युबमा सार्वजनिक गरिएको गीतमा स्वर सिलु भट्टराई र सुजन परियार रहेको छ । त्यस्तै, लय मिलन श्रेष्ठ स्वयंकै रहेको छ भने शब्द रमेश परियार, छायांकन मरुभूमि नारायण, कोरियोग्राफि अमोन राना र सम्पादन रोशन धितालको रहेको छ ।

म्युजिक भिडियोमा जितु श्रेष्ठ, एलिना रायमाझी, उज्वल गिरीको अभिनय रहेको छ । मन्सुधा श्रेष्ठ, सिराज तामाङ, जोनिसा अधिकारी र प्रिया गुन्जन बाल कलाकारले अभिनय गरेको छ । उक्त गीतलाई मिलन फिल्मस् प्रोडक्सन प्रा.लि.ले बजारमा ल्याएको हो ।

नेपाली संगीत र कलाकारिता क्षेत्रमा चर्चित मिलन श्रेष्ठको जन्म नुवाकोट शिवपुरी गाउँपालिका सुनखानीमा भएको हो ।  श्रेष्ठ चलचित्र कलाकार संघको केन्द्रीय सदस्य र राष्ट्रिय संगित कलाकर्मि सघंको केन्द्रीय कोषाध्यक्ष पदमा कार्यभर सम्हाल्दै आइरहनु भएको छ । नेपाल टेलिकमको म्युजिक भिडियो अवार्ड वेस्ट निर्दशक अवार्ड श्रेष्ठले हात पार्नुभएको थियो ।

उनकै लय सिर्जनामा तयार पारिएको तिजगित बजारमा आएको धेरै गितहरु मध्य छुट्टै खालको रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top