२०८१, १४ बैशाख शुक्रबार

गलत अभिव्यक्तिका कारण कानुन मन्त्रीको पद गुम्दै, आजै राजीनामा दिने तयारी

    श्रावण ८ २०७५ ११:१९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । गलत अभिव्यक्ति दिएर विवादमा आएका कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो मन्त्री पदबाट राजीनामा दिने भएका छन ।

सोमबार साँझ बसेको प्रधानमन्त्री लगायत नेकपाका प्रतिनिधीको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको हो । उनले बंगलादेशमा एमविविएस अध्ययन गरिरहेका छात्राहरुको विषयलाई लिएर आपत्तीजनक अभिव्यक्ती दिएका थिए ।

उनले नेपाली छात्राहरुले आफ्नो अध्यापन क्षेत्रलाई अघि बढाउन बंगलादेशमा आफ्नो शरीर बेच्नुपर्ने बाध्यता रहेको भन्ने सुन्नमा आएको जानकारी दिएका थिए । उनले मंगलबार दिउँसो आफ्नो मन्त्री पदबाट राजिनामा दिने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनले आज दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो मन्त्री पद राजीनामाको घोषणा गर्नेछन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top