२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका अन्नतराम केसीले आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोड्दै ९० घण्टा लामो भाषण गर्ने

    असार २४ २०७५ १०:३१

anantaram-kc-nepal-nuwakot-trishuliweb-dabalikhabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

शिवपुरी । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुका अन्नत राम केसीले निरन्तर आफनो नब्बे घण्टा लामो भाषण गिनिज वर्ल्ड रेकर्ड राख्ने भएको छ ।

भाषण कार्यक्रम आगामी भदौ ११ गते काठमाडौको जोरपाटीमा रहेको ईष्टपोल स्कुलमा हुने भएको छ । यस अघिनै केसीले २०७४ साल असोज महिनामा ८० घण्टा लगातार भाषण गर्नु भएर विश्व रेकर्ड राख्नु भएको थियो । तर उक्त भाषणको गिनिज वर्ल्ड रेकर्ड दिने संस्थाबाट प्रमाणित भएर अहिलेसम्म नआएकोले अब हुने कार्यक्रममा गिनिज वल्र्ड रेकर्डका प्रतिनिधिलाई नै नेपालमा झिकाएर उक्त कार्यक्रम गर्न लागेको केसिले बताउनुभयो ।

कार्यक्रमलाई व्यवस्थापन गर्ने विभिन्न पन्ध्र समिति गठन गरिएको जनाएको छ।

कार्यक्रममा आर्थिक सहयोग गर्न सबै सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top