वैदेशिक रोजगारबाट फर्किएका पुर्ब प्रबासी नेपालीहरुको वर्तमान अवस्था कस्तो छ? यो वर्गलाई बेलैमा राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला तथा सरकारको प्राथमिकता बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो? राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानी मा के कस्ता परियोजना संचालन गरेर यो वर्गलाइ आत्मनिर्भर बनाउँदै रोजगारी सृजना गर्न सकिन्छ लगायतका थुप्रै विषयहरुको आवाज भेलामा उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।

भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गतेभित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिइने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारी  रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन् ।