प्रमुख, मोर्गन कलेज, बसुन्धारा
एसईईको नजिका प्रकाशित भयो, यस वर्ष नतिजा खस्केको हो ?
वास्तवमै खस्किएको हो, किनभने राज्यले जुन टार्गेट ग्रुप थियो त्यसमा जसरी लगानी गर्नुपर्ने हो त्यसरी लगानी गर्न सकिरहेको छैन । जस्तैः सेल, सेलेबस, प्रश्न प्याटन, पाठ्यक्रम त्यसले के विषयवस्तु मागिरहेको छ । त्यसलाई त्यो लक्षित वर्गले पाइरहेको छैन । यो नपाइसकेपछि खस्किएको हो । यो किसिमले जाँदा अझै खस्किन्छ होला । यो किन भइरहेको छ भनेदेखि हामीले दूरदराजमा बस्ने मान्छेलाई पाठ्यक्रमको मर्म, पाठ्यक्रमले खोजेको विषयवस्तु, त्यसलाई केही सपोर्ट गर्ने वस्तुहरू शैक्षिक उपकरणहरू चाहिन्छ त्यो राज्यले दिन सकिरहेको छैन । त्यो दिन नसकेकोले नतिजा यस्तो आएको हो । नतिजा राम्रो बनाउने प्रक्रियाहरू पाठ्यक्रमलाई वर्गीकरण गर्नुपर्छ ।
के कारणले नतिजा खस्कियो ?
नतिजा खस्किने ३–४ वटा कुरा छन् । ट्रेन गरेको प्रोफेसनल म्यानपावरमा भनौँ जस्तै: मानवीय क्षमता, स्मार्ट टेक्नोलोजी गाउँगाउँसम्म पु-याउन सकिरहेको छैनौँ । यो चिजहरू हाम्रो सेलेबस पाठ्यक्रमले माागिरहेको छ । स्कुलका शिक्षकलाई समयमा तालिमहरू भइरहेको छैन । त्यो चिज पनि हाम्रो सेलेबसले मागेको छ ।
यो वर्ष प्ल टुमा विषय परिवर्तन भएका छन् । यसका राम्रा–नराम्रा प्रतिक्रियाहरू पनि आइरहेका छन् । वास्तवमा यो व्यावहारिक छ कि छैन ?
परिवर्तन स्वाभाविक छ । तर, मानव स्वभाव कस्तो रहन्छ भने परिवर्तनलाई अप्ठ्यारो र असहज भन्ने कुराहरू हुन्छन् । हरेक किसिमको परिवर्तनहरू अस्वाभाविक भए तापनि त्यसको केही न केही सकारात्मक परिणाम हुन्छन् । हामी शिक्षा क्षेत्रमा लागेको मान्छे भएको हुनाले हामीले सकारात्मक रूपमा बुझ्न र बुझाउन जरुरत छ । तर, विषयवस्तु के हो भने हामीले हिजोआज भन्दा २०÷२२ वर्ष अगाडि पढेको सेलेबस आज पनि ११÷१२ मा पढाइ भइरहेको छ । परिवर्तन हुन अत्यन्तै जरुरी छ ।
मोर्गन कलेजका मुख्य विशेषता के हुन् ?
हाम्रो विशेषता के हुन् भने अरूले जे विषयवस्तु पढाइरहेका छन् हामीले पनि त्यही पढाएका छौँ । भनिन्छ सफल मान्छेहरू कुनै फरक काम गर्दैनन्, त्यही कामलाई फरक ढङ्गले गर्छन् । हामीले त्यही सेलेबसलाई फरक ढङ्गले पढाइरहेका छौँ । भनेको के भने हामीले विद्यार्थीलाई अलिकति उच्च प्रविधिको उपकरणहरू प्रयोग गर्छौँ । मल्टिमिडिया कक्षाहरू प्रयोग गर्छौँ । विद्यार्थीले राम्रो नतिजा ल्याइरहेका हुन्छन । त्यो नतिजा ल्याउनुको पछाडि के छ भने राम्रो तथा दक्ष शिक्षक–शिक्षिका, राम्रो शैक्षिक उपकरण, पुस्तकालय, क्लासरुम, हामी ई–लाइब्रेरीको अभ्यास गरिरहेका छौँ । हामीसँग आज हेर्ने हो भने हार्वर्ड युनिभर्सिटीको प्रोफेसरले ७ लाख ४५ हजार बुकहरू स्टोर गर्दिनुभएको हो । हाम्रो विद्यार्थीले जे चाहे त्यो लाइबे्ररीमा पाइन्छ । आज हामीले फरक के गरिरहेका छौँ भने हामी पूरै डिजिटल लिटेसको कुरामा छौँ । मोर्गन कलेजको विशेषताहरू एकेडेमिकल्ली एकदम साउड छ । त्यसैले राम्रो परिणामको कारणले मोर्गन कलेज सबभन्दा राम्रो छ र अरूभन्दा हामी फरक छौँ जस्तो लाग्छ ।
फी अलि महँगो छ भन्छन् नि ?
शुल्कको कुरामा त सबैभन्दा हामीले सस्तो लिइरहेका छौँ । हामीले त कमसेकम २ लाख लिएर पढाउनुपर्ने जम्मा ५०/६० हजारमा साधारण शुल्कमा राम्रो किसिमको स्तरीय शिक्षा दिएका छौंँ । विभिन्न किसिमको छात्रवृत्ति छ । राज्यको तर्फबाट आउने छात्रवृत्ति भनौँ हामीले संयोजन गरेका छौँ । दलित, तराई, पहाड, अपाङ्ग यी विभिन्न ठाउँमा हामीले संयोजन गरेर सकेसम्म धेरै छात्रवृत्ति गरिदिएका छौँ । त्यसकारणले टपर विद्यार्थीको छनोट पनि मोर्गन छ । खेलकुदमा पनि मोर्गन छ । हरेक किसिमले मोर्गन भएको हुनाले हामीले भनेअनुसारको शुल्क छैन । हामीले साधारण शुल्कमा पढाइरहेका छौँ ।
प्रतिक्रिया