काठमाडौँ/ लोकदोहोरीमा फरक स्वाद र फरक शैली अपनाउने गायक किरणबाबु पुनको अर्को लोभलाग्दो गीत (वाचा भाग २) “जुनताराको गाउँमा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा माया गर्ने जोडि जहाँ कोहि नभएको ठाउँमा ती जोडि मात्र सँगै हाँस्ने सँगै रुने गरी स्वर्ग जस्तै ठाउँमा माया पीरतीमा लिप्त हुन मन रहेको कुराको वर्णन गरिएको छ ।
प्रेमिकाले बादलुको घुम्टो ओढाई जुनताराको गाउँमा लैजान अनुरोध गरिएको र प्रेमीले पनी सहर्ष स्विकार गरी बादलुको घुम्टो ओढाई जुनताराको गाउँमा लिने र मायालाई पुज्ने गीतको शव्दका हरफ मार्फत खोलिएको छ । एउटा बेग्लै कथा र परिवेशभित्रको प्रेमकथा जोडिएको गीतमा लोकप्रिय गायक किरणवावु पुन र चर्चित गायिका सञ्जिवनीको स्वर छ ।
गीतमा शव्द तथा संगीत गायक पुनकै रहेको छ । केहिदिन अघि म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा अप्सना थापा र प्रेम थापाले दमदार अभिनय गरेका छन । वावुराजा केसी उज्ज्वलको निर्देशनमा बनेको भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका छन भने छायाङ्कन शम्भु चालिसेले गरेका हुन ।
कृष्ण फिल्म्स एण्ड एडभरटाइजिङले बजार व्यवस्थापन गरेको गीतको सम्पूर्ण पक्ष मजवुत बनेको कलाकार पुनले बताएका छन ।
प्रतिक्रिया