+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश नं. ३: “पाँच वर्षसम्म कुनै कर नलिने”

CM Dormani Poudel Chitwan
डबली खबर
७ साल अगाडी

रत्ननगर/प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”

मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ,” भन्नुभयो ।

अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उहाँले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ शुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गर्नुभयो ।

कार्यक्रममा चितवनको विकास र चुनौतीका विषयमा कपिल सुवेदी, शिक्षाको विषयमा रामकुमार तिवारी, कृषिको विषयमा भीमनारायण श्रेष्ठ, पर्यटनको विषयमा योगेन्द्रनाथ अधिकारी र स्वास्थ्यका विषयमा विश्णुप्रसाद शर्माले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ