World Tuberculosis Day 2025
sujim advert

बजेट मङ्गलबार ल्याइने

    जेष्ठ १३, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

काठमाडौँ/संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्नुहुनेछ ।

नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई मूर्तरुप दिने खालका योजना र कार्यक्रम बजेटमा आउने अनुमान गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top