sujim bazar advert

रासस समाचार प्रभावः बालगृहबाट ३३ बालबालिकाको उद्धार

    जेष्ठ १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

National News Agency Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

रुकुम/रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ ।

मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।

न्यूनतम मापदण्ड पनि पूरा नगरेर बालगृह सञ्चालन गरेपछि बालबालिकाको उद्धार गर्नुका साथै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालगृह सञ्चालनका लागि आवश्यक पर्ने कुनै पनि मापदण्ड पूरा नगरेका कारण बालगृहका सञ्चालक रुकुम पूर्व तकसेराका विवेक बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिराज ढुङ्गानाले जानकारी दिनुभयो ।

गत वैशाख २७ गते राससमा ‘मापदण्डविपरीत बालगृह सञ्चालन’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । सो समाचारका आधारमा जिल्ला बाल कल्याण समिति जुम्लाको सरकारी टोली बालबालिकाको खोजी गर्दै यहाँ पुगेको थियो ।

जिल्ला बाल कल्याण समिति रुकुम र जिल्ला प्रहरी कार्यायको सहयोगमा महिला तथा बालबालिका कार्यालय जुम्लाका बाल अधिकार निरीक्षक हर्कबहादुर महतको नेतृत्वमा आएको टोलीले जुम्लाका २४ बालबालिकाको उद्धार गरेर लगेको जिल्ला बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । बालगृह सञ्चालक बुढालाई जिल्ला प्रहरी कार्यालय रुकुममा राखिएको छ ।

बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको, आधारभूत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाइ तथा बसाइँको व्यवस्थासमेत राम्रो नभएको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो । यसका साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको प्रहरीको भनाइ छ ।

बालगृहमा ३३ बालबालिका रहेका थिए । बालगृहमा टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भए पनि २९ बालबालिकाका आमाबाबु भएका भेटिएको बाल अधिकार अधिकृत ओलीले जानकारी दिनुभयो ।

बालगृह सञ्चालक बुढाले केही वर्षअघि रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पूरा नगरी बालगृह सञ्चालन गरेका थिए । २०७२ सालमा उनलाई प्रहरीले बालबालिकासहित काठमाडौँमा नियन्त्रणमा लिएर ३२ दिन पछि छोडेको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top