प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअघि एमाले र माओवादी केन्द्रले जनतालाई प्रतिबद्धता व्यक्त गरेका थिए– हामी एक हुनेछौँ । दुवै पार्टीले त्यो प्रतिबद्धता पुरा गरेका छन् । यो उनीहरूका लागि राजनीतिक तथा नैतिक दायित्व नै थियो । तर, वास्तविकता के हो भने यो एकता न कोही रमाउनु पर्छ, न कोही हडबढाउनु पर्छ ।
झन्, नेपाली कांग्रेस त यसका कारण विचलित हुनु पर्ने कुनै कारण नै छैन । किनकि अब कम्युनिष्टहरू एक भएपछि हामीसँग पार्टीको प्रभावकारी परिचालन गर्न, वृहत् रूपमा नयाँ विचार र दृष्टिकोणसँग अगाडि बढ्न र पार्टी पुनर्निर्माण गर्न घचघचाउने छ ।
अब दुई पार्टी मिलेपछि उनीहरूको कार्यदिशा कता जान्छ, हामीले त्यसलाई प्रतीक्षा गर्नै पर्छ । तर, यो प्रतीक्षामा हामीले केही नगर्ने होइन, हाम्रा कामलाई अगाडि बढाइरहनु पर्छ ।
हिजो १३ हजारभन्दा धेरैको ज्यान गएको हिंसात्मक द्वन्द्वबाट आएको पार्टी र निकै पुराना सोच र दृष्टिकोण राख्ने एमालेबीचको एकताले अहिले तत्काल नै नयाँ केही दिन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।
कतिसम्म भने उनीहरूले बहुदलीय जनवादलाई नै परिवर्तन गरेर जनताको जनवाद बनाएका छन् । शब्दहरूप्रति नै यस्तो निठुर हुनसक्ने ती पार्टीले वास्तवमा के गर्लान् ? प्रश्न उब्जिएको छ ।
तर, यसका लागि सबैभन्दा ठूलो पक्ष भनेको प्रतीक्षा हो ।
दुई पार्टीको एकता घोषणा सभामा प्रधानमन्त्रीले भन्नुभयो– कांग्रेस आत्तिनु हुँदैन । यो उहाँको अहंकारको अभिव्यक्ति हो । उहाँले बुझे हुन्छ– नेपाली कांग्रेस आत्तिने पार्टी होइन । कांग्रेसले ५१ सालमा पनि चुनाव हारेको थियो, ०६४ सालमा पनि चुनाव हारेको थियो । तर, हामी विचलित भएनौँ ।
प्रधानमन्त्रीज्यूले अर्नेस्ट हेमिङ्वेको द ओल्ड म्यान एन्ड द सी पढेको हुनुपर्छ । त्यहाँ भनिएको छ– अ म्यान क्यान बी डिस्ट्रोएड बट नेभर डिफिटेड ।
प्रधानमन्त्रीज्यू, कांग्रेस क्यान बी डिफिटेड बट नट डिस्ट्रोएड ।
उहाँले राम्रोसँग बुझ्नुपर्ने के हो भने नेपाली कांग्रेस ०५१ सालमा पनि पराजित भएको थियो, ६४ सालमा पनि पराजित भएको थियो । तर, हामी आत्तिएनौँ । हामी निर्वाचन हार्दैमा आत्तिने दल होइनौं ।
बोल्दाबोल्दै प्रधानमन्त्रीज्यूले एउटा चुनाव हार्नासाथ आत्तिने जुन भन्नुभयो त्यो अहंकारको अभिव्यक्ति हो । प्रधानमन्त्रीले राम्रोसँग बुझे हुन्छ नेपाली कांग्रेस आत्तिएको छैन । नेपाली कांग्रेसले ५१ सालमा पनि चुनाव हारेकै हो, ६४ सालमा पनि चुनाव हारेकै हो । तर त्यसपछि पनि हामीले त्यसलाई पुनर्जीवित गरेका छौं । लोकतन्त्र लोकतान्त्रिक विचार र विश्वास हार्दैन, हारेको छैन र फेरि पनि हामी पुनस्थापित हुन्छौं । हामीले जुन लोकतान्त्रिक बाटो जनताले समात्दै आएका थियौं त्यसलाई एमालेले ग्रहण गरेको हो, त्यसपछि माओवादीहरू जो प्रजातन्तलाई बोकाको टाउको झुन्ड्याएर बंगुरको मासु बेच्ने एक व्यवस्था हो भन्नुहुन्थ्यो, उहाँहरू पनि त्यही ठाउँमा आउनुभएको छ । विचारको दृष्टिकोणले हामीले जे बोकेका छौं त्यही दृष्टिकोणमा आउनुभएको छ तर व्यवहारको दृष्टिकोणले कति प्रजातान्त्रिक ? लोकतान्त्रीक विधिको शासन र लोकतान्त्रिक पद्धति र स्वतन्त्र न्यायपालिकाको कुरा त धेरैपटक सुनियो ।
स्वतन्त्र न्यायपालिकाको कुरा अझै धेरैपटक रटान लगाउनुुभएको छ प्रधानमन्त्रीज्यूले । तर, स्वतन्त्र न्यायपालिको कायममुकायम न्यायाधीशलाई काम नगर भन्ने यो नियमविपरीत भइसकेको छ । प्रधानमन्त्रीको ध्यान यतातिर जाओस् ।
हामीलाई प्रतिस्प्रर्धी नै होइनन् भन्नुभो । नेपाली कांग्रेस प्रतिस्पर्धी त हो नै, प्रतिपक्षी पनि हो । यो सबै गतिविधि प्रतीक्षाको विषय हो । यो एकताले नेपाली कांग्रेस आत्तिएको छैन, न त नेपाली कांग्रेसको आधारभूत क्षमतामा कुनै कमजोरी आएको छ ।
हामी निश्चित रूपमा रचनात्मक काम गर्छाैं।
हाम्रो विरोध भनेको कम्युनिष्ट जस्तो आफूलाई नमिल्नासाथ, आफू हार्नासाथ त्यसलाई बहिस्कार गर्ने, तोडफोडमा उत्रिने भएको भए हामी यो प्रकृयालाई स्विकार गर्दैनथ्याैं । हामी जनमतलाई स्वीकार्छौं ।
चुनाव जित्नुभएको छ । अब जनताका भावना अनुसार काम गर्नुस् । उहाँहरूले जो प्रतिवद्धता जाहेर गर्नु भएको छ, ठुलाठुला आश्वासन बाँढ्नु भएको छ र तथाकथित राष्ट्रवादको कुरा गर्नु भएको छ, त्यो आफैंपनि नाङ्गिँदै आएको छ ।
राष्ट्रवाद कसैको विरोधमा जाइलागेर मात्रै हैन त्यो नेपाली जनताको हित र जनताको भावनालाई सम्बोधन गर्ने र समेट्ने कुरा हो । यति चाहिँ बुुझ्नुहोला । जो नेपाली कांग्रेसले सुरु गर्यो त्यसलाई केपी ओलीको सरकारले पनि निरन्तरता दिँदै आएको छ ।
हिजो जुन खालको गलत नारा दिएर जनतालाई भड्काउनु भएको छ त्यो त आफैैं पनि जनताबीचमा प्रमाणित हुँदैछ ।
एकतालाई सकारात्मक रूपमा लिनुपर्छ । किनभने अस्थिर सरकार हुदाँ जुन देश अस्थिरताको भड्खालोमा गयो, त्यसको त म विरोध नै गर्छु ।
दुई पार्टी सिस्टममा देश गयो भने त्यसले देशलाई फाइदा नै गर्छ । र उहाँहरूको एकतालाई सकारात्मक दृष्टिकोणले लिनुपर्छ ।
तर, प्रतिस्प्रधि होइन अथवा आत्तियो भन्ने जस्ता अभिव्यक्ति ठिक भएन । नेपाली कांग्रेस र लोकतन्त्रवादीलाई उहाँले अप्रत्यक्ष रूपमा चुनौती दिनु र अहंकार प्रकट गर्नु भएको छ, त्यसमाथि मेरो खेद छ । अरू सकारात्मक रूपबाट उहाँहरू आफ्नो युनिटिको पक्षमा जे–जति बोल्नु भयो त्यो उहाँको आफ्नो कुरा पनि हो ।
अहिल्यै पूर्णरूपमा टिप्पणी गर्नुपर्ने आवश्यकता छैन । कांग्रेस न कहिल्यै आत्तिएको थियो न कहिल्यै आत्तिन्छ ।
हिजो पंचायतविरुद्ध लड्ने बेला पनि सबै कम्युनिस्ट र दरबार एकातिर कांग्रेस अर्काेतिर भएको हो । हामी लडेकै हाैं र संघर्ष गरेकै हौं । हामी लोकतन्त्र प्राप्तिको नेतृत्व मात्रै गरेनाैं हामीले लोकतन्त्र संस्थागत गरेरै छाड्यौं पनि । त्यसैले यस्ता घटनाक्रमले कांग्रेसलाई प्रभावित गर्दैन । बरु कांग्रसले यसबाट नयाँ सोच नयाँ विचार, नयाँ दृष्टिकोणका साथै यसलाई पारदर्शी, लोकतान्त्रिक बनाउनु पर्ने हामी भित्रको चुनौती छ ।
प्राविधिक रूपमा उहाँहरू सरकारमा रहन बहुमत पुग्यो होला । स्थानीय तहमा पनि बहुमत पुग्यो होला । तर, जनमतको दृष्टिकोणले त्यो अहिले पनि होइन । भोलि पनि छैन । हामी यसलाई गाउँ नगर स्तरदेखि हाम्रो निर्वाचित प्रतिनिधि र हाम्रो उम्मेदवार भएका र पार्टीका एकाइ समिति र भातृसंस्थालाई एकीकृत गरेर एउटा सरकारका गतिविधिलाई हेर्नुपर्छ । र, एउटा जनआन्दोलनको रूपमा विकसित गर्दै पनि जानेछौं । (फरक धार)

प्रतिक्रिया