sujim bazar advert

सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुन्छ – मन्त्री पण्डित

    बैशाख २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Lalbabu Pandit
Big Education Consultancy Nuwakot
global ime bank flash loan

 

काठमाडौँ/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताउनुभयो । विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरुपमा हेरिएको उहाँको भनाइ छ ।

मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिकरुपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

फरक प्रसंगमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको बताउँदै उहाँले भन्नुभयो, “यसलाई सफल पारेरै छाड्नुपर्छ”, “हामीबीच धेरै कुरा मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ ।”

पूर्वराजदूत एवं परराष्ट्रविद् डा शंकर शर्माले विगतमा दुवै देशबीच केही उतारचढावका सम्बन्ध रहेको भएपनि अहिले सम्बन्ध सुधारको बाटोमा रहेकाले नेपालले आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा सबैभन्दा बढी लगानी भारतकै रहेको बताउँदै उहाँले भन्नुभयो, “भारतसँग दुई तिहाइको व्यापार सम्बन्ध छ, हामीबीच राजनीतिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सबै सम्बन्ध छन्, जनकपुरमा रामायण सर्किट बनाउने अवधारणा राम्रो छ, मुक्तिनाथ र जनकपुर मोदीजी जाने भनेपछि धार्मिक पर्यटनको पनि विकास हुन्छ, यो सुखद पक्ष हो ।”

नेपाल–भारतबीच रहेको खुला आवतजावत सीमाविवाद समाधान हुने गरी दुवै देश केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top