sujim advert

मगर समुदायले घाटु नाच मनाए (भिडियोसहित)

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

ghatu nach ghatu dance
bidur tax consultancy services in nuwakot

नुवाकोट/मगर समुदायको ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच नुवाकोटको लिखु गाउँपालिका–१ स्थित खानीगाउँमा यो वर्ष पहिलोपटक पर्वको रुपमा मनाइएको छ ।

वैशाख पूर्णिमाको शुरुवाती समयदेखि शुरु भएर पञ्चमीसम्म चल्ने घाटु पर्वको अवसरमा खानीगाउँको किटिनीखानीमा गत सोमबारदेखि शुरु भएको नाच गएरातिदेखि आज बिहानसम्म चण्डीमाई मन्दिरमा पूजा गरेर समापन भएको छ ।

परापूर्व समयमा गाउँमा विपत्ती तथा रोगको महामारी फैलिएपछि त्यसलाई हटाउन भगवान एवं देवीदेवता गुहारेर शुरु भएको घाटु नाच मगर जातिमा प्रचलित र महत्वपूर्ण पर्वको रुपमा मनाइने मगर समुदायका अगुवा गुणबहादुर थापामगरले जानकारी दिनुभयो ।

सोह्रौँ शताब्दीमा एक दम्पत्ति राजारानीको प्रेम र विवाह, गृहस्थी, राजकाज, जंगल प्रस्थान, शिकारलगायतका घटनामा आधारित भएर घाटु नाचिने गरिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु समावेश गरी यथार्थता आधारित बनाएर साताव्यापी रुपमा मनाइने गरिन्छ ।

घाटु नाच्न घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक संख्यामा छानिने, कन्याबाहेक अरुले नाच्न नहुने उनीहरुलाई घाँटु नाच्नु अघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरी आँखा बन्द गराएर मात्र नाच्न योग्य बनाइने गरिन्छ ।

मातातीर्थ औँसीदेखि अभ्यास शुरु हुने र वैशाख पूर्णिमाको अवसरमा चण्डीमाई मन्दिरमा पूजा गरी पर्व उत्कर्षमा पु¥याइन्छ ।

घाटु जात्रा सञ्चालन गर्न चण्डेश्वरी संरक्षण समाज नामक संस्था यो वर्ष स्थापना गरी घर बाहिर रहेका गाउँका सबै बासिन्दा एकै स्थानमा भेला भएर पर्व मनाइएको अध्यक्ष पूर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

घाटु नाच गुरुङ र मगर समुदायको साझा पर्वको रुपमा मनाइने गरिए पनि नुवाकोटमा भने यही एक स्थानमा मात्रै नाच्ने गरिन्छ ।  (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top